झब्बर यादव । अन्जना चौहान
लुम्बिनी, २३ साउन । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको नगर सभा हलमा २० गते शनिवार महिला सशक्तिकरण सेमिनार सम्पन्न भएको छ ।
महिला सशक्तिकरण कार्यक्रम अहिले बढरहेको महिला हिंसा, घरेलु हिंसा र महिला माथि अन्य विभिन्न शारिरीक , मानसिक, आर्थिक, सामाजिक , संवेगात्मक , यौनजन्य लगायतका हिंसाहरु वाट हुने घटना दुर्घटनालाई न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यका साथ संचालन गरिएको थियो ।
महिला सशक्तिकरण भनेको महिलाले आफूमा आएको समस्याहरु आफैले समाधान गर्नु नै महिला सशक्तिकरण हो ।
महिला सशक्तिकरणले महिला विरुद्धका सबै प्रकारका विभेद तथा हिंसाहरुको अन्त्य गरी हक अधिकार सुनिचितता प्रदान गर्ने काम गर्दछ ।
हाम्रो समाजमा महिलाहरु माथि विभिन्न किसिमको विभेद तथा हिंसाहरु देखिने गरेको पाइन्छ । ती हिंसात्मक प्रवृतिलाई हटाई हरेक क्षेत्रमा महिलाहरुलाई सहभागि गराउने नीति नियम देखिन्छ । तर त्यसलाई कार्यान्यवनमा ल्याएको देखिदैन् ।
महिला सशक्तिकरणले महिलाहरुमा नेतृत्व क्षमता विकास गर्ने, सामाजिक रुपान्तरणका लागि पहुँच बढाउने सहयोग गर्दछ ।
समाजमा रहेका सामाजिक मुल्य मान्यता विरुद्ध अभियान चलाउने, महिलाहरुको सुरक्षा स्थल निर्माण गर्ने, महिलाहरुको परिवारको जिविकोपार्जनका लागि सहजीकरण गर्ने, लैगिंक समानताको लागि महिलाहरुलाई नेतृत्वका सचेतना मुलक कार्यक्रम संचालन गर्ने, महिलाहरुको मनोबल वृद्धि कार्यमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक स्रोतले जनाएको छ ।
महिला सशक्तिकरण कार्यक्रम सामाजिक विकास मन्त्री माननीय चन्द्रकेश गुप्ता (सि.के) को प्रमुख अतिथ्यतामा गरिएको थियो भने लुम्बिनी प्रदेश सभा सदस्य माननीय कन्हैया बनियाँको विशिष्ट अतिथ्यतामा गरिएको थियो ।
कार्याक्रममा अतिथि राष्ट्रिय युवा परिषद्का सन्दीप सवकोटा, बाणगंगा नगरपालिका उपाध्यक्ष रीता कुमारी चौधरी, लुम्बिनी साँस्कृतिका नगरपालिका उपाध्यक्ष कल्पना हरिजन, युनिसेफका एजुकेसन अफिसर मन्जुको आगमन भएको थियो ।
कार्यक्रम ग्रेटफुल दिनेश कुमार गुप्ताको संयोजकत्वमा गरिएको थियो । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका भित्रका ६ सय भन्दा बढी महिला तथा किशोरीहरु र सयाँै भन्दा बढी स्थानीय जानकार पुरुषहरुको सहभागिता रहेको आयोजक स्रोतले जनाएको छ ।