logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    बचत फिर्ताका लागि कृषि सहकारीको नयाँ नीति


    २३ साउन २०८० , मंगलबार

    बचत फिर्ताका लागि कृषि सहकारीको नयाँ नीति

    झब्बर यादव
    सिद्धार्थनगर, २३ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ अवस्थित श्री हाम्रो राधा कृष्ण कृषि सहकारी संस्थाले आफ्नो सदस्यका लागि बचत फिर्ता नीतिका साथमा नयाँ सदस्यता कार्यक्रम अगाडी ल्याएको छ ।
    कृषि सहकारीले ल्याएको नयाँ नीति तथा कार्यक्रम अन्य सहकारीको लागि पनि उपयोगी रहेको देखिन्छ ।
    श्री हाम्रो राधा कृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष ऋषिराम कंडेलले भन्नुहुन्छ “ कृषि सहकारीले बचत फिर्ताको लागि ल्याएको नीतिले सबै सदस्यहरुमा थप बचत गर्न प्रोत्साहन हुन्छ ।”
    कृषि सहकारीले बनाएको नीति तथा कार्यक्रमका आधारमा श्री हाम्रो राधा कृष्ण कृषि सहकारी संस्थाले पनि सहकारीले बचत फिर्ता नीतिका साथै नयाँ सदस्यता कार्यक्रमलाई अगाडी ल्याएको सहकारीका कोषाध्यक्ष बाबुराम भण्डारीले बताउनुभयो ।
    कृषि सहकारीले बनाएको नीति तथा कार्यक्रम श्री हाम्रो राधा कृष्ण कृषि सहकारी संस्थामा अब नयाँ शेयर सदस्य बन्ने सदस्यले ५ वर्ष सम्म लगातार बचत जम्मा गरे पछि कुल वचतको २५ प्रतिशत रकम फिर्ता लिन पाउने योजनाका साथ अगाडि बढेको कोषाध्यक्ष भण्डारीले बताउनुभयो ।
    यसका साथै यस संस्थाले वचत फिर्ता प्रतिशत क्रमश सदस्यको उमेर र अवधीको आधारमा निर्धारण गर्ने व्यवस्था रहेको बताउनुभयो ।
    यस योजनावाट सदस्यहरुमा वचत भनेको आफ्नै लागि उमेर छदै काम लाग्ने चिज हो भन्ने भावना पैदा हुने र बचत अब उपभोग मुखिशैलीवाट जम्मा हुनेपर्ने विश्वास समेत सस्थाले लिएको कोषाध्यक्ष भण्डारीले बताउनुभयो ।
    यो नीति आगामी दिनमा सबै बचत तथा ऋण सहकारीको लागि उपयोगी हुने तर्क सहकारीका कोषाध्यक्ष भण्डारीको रहेकोे छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.