अन्जना चौहान
लुम्बिनी, २३ साउन । रुपन्देहीमा राष्ट्रिय स्वराज पार्टीले रुपन्देही जिल्लाको कार्यसमिति गठन भएको छ ।
रुपन्देही जिल्लाका सयोजक सुरेश मणि त्रिपाठीको अध्यक्षतामा २१ सदस्य जिल्ला कार्यसमिति गठन भएको छ ।
कार्यक्रम धुर्प शर्मा अध्यक्षतामागरिएको थियो भने राष्ट्रिय स्वाराज पार्टीका केन्द्रीय संयोजक इरफान अहम्मद शेखको प्रमुख अतिथ्यतामा गरिएको थियो ।

कार्यक्रम जोया शेखको विशिष्ट अतिथ्यतामा र अतिथि जितेन्द्र चौधरी, सुरेश मनि त्रिपाठी, जाविर हलवाइ, युवराज पाण्डे लगायत विभिन्न पार्टीगत कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । उक्त भेलाबाट सर्वसम्तिले कार्यसमिति गठन गरिएको थियो ।
कार्यक्रममा अध्यक्षमा चयन भएपछी सुरेश मणि त्रिपाठीले राष्ट्रिय स्वराज पार्टीको सदस्यता लिनेहरुको तिब्र गतिले सख्या बढाउने बताएका छन् । अध्यक्ष त्रिपाठीले आउने केही समयमा राष्ट्रिय स्वराज पार्टी सगठनलाई बृहत सख्यामा बढाउने भएको छ ।
अध्यक्षले विभिन्न पार्टी प्ररित्याग गरि राष्ट्रिय स्वराज पार्टीमा केही दिन भित्र मापदण्ड बनाइ ऊनीहरुलाई पार्टीमा प्रवेश गराउने तयारी गरिरहेको राष्ट्रिय स्वराज पार्टीका केन्द्रिय अध्यक्ष इरफान अहमद शेखले बताएका थिए ।
यस्तै सहसयोजक सीता चौधरी थारु ,सचिव युवराज पाण्डे , कोषाध्यक्ष मोहम्मद सलमान खान र सदस्यहरुमा गिता हरिजन ,मोहम्मद अनिस तराना खान ,सतिश न्यौपाने, मेहनत आलम, बाबुलाल यादव लगायता २१ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ साथै लुम्बिनी प्रदेश इन्चार्ज धु्रव शर्मालाई गरिएको थियो ।