असलम खान
मर्चवार, २६ साउन ।
रुपन्देहीको मर्चवारी गाउँपालिकामा डेंगु सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। मर्चवारी गाउँपालिका वडा नम्बर (१ सोनबर्षामा इन्द्रेणी ग्रामीण विकास केन्द्र (फेरमेड) को सहभागीतामा, मर्चवारी गाउँपालिकाको आयोजनामा तथा मर्चवारी गाउँपालिका उपाध्यक्ष आशा सिंहको संयोजकत्वमा डेंगु सम्बन्धि जनचेतना मूलक सरसफाइ अभियान मर्चवारी गाउँपालिका वडा नं। (१ सोनबर्षामा सम्पन्न भएको छ। सरसफाइ अभियानमा गाउँपालिकाका उपाध्यक्ष आशा सिंह, वडा अध्यक्ष कृष्णकुमार सिंह, सोनबर्षा हेल्थपोस्ट इन्चार्ज राधेश्याम हरिजान, श्याम प्रसाद गुप्ता, अमरावती मौर्या, दुर्गावती यादव, बिन्द्रावती सहानी, कोइल मल्लाह, मंगल पासी, सन्जु पासी तथा सोनबर्षा टोलका स्थानीय बासीको कार्यक्रममा उपस्थिति रहेको इन्द्रेणी ग्रामीण विकास केन्द्रका फिल्ड सुपरभाइजर अलाउद्दिन खान (ए.ड.)ले जानकारी दिएका छन्।