जुनदिन रेसुङगामा प्रभु यदुकानन्द आई बसोबास गर्दै आउनुभयो, त्यस वेला देखि रेसुङगाा चर्चामा आउँन थालेको मेरो बुझाई छ ।
हुन त प्रकृतिले दिएको उपहार रेसुङ्गा आफैमा एक गुल्मीको चर्चित उचाईमा रहेको घना जङगल हो । मथिल्लो भेगमा प्रायः खर्सुका र गुरासजन्य बनस्पतिले लटरम्म भरि भराउ जङगलको घाँटीमा पोखरी निर्माण गरी करिव १ किलो मिटरको दुरीमा निर्माण गरिएको यज्ञशाला र करिव १ किलोमिटरको दुरीमा रहेको शिखरको सिद्धस्थान सायद यदुकानन्द प्रभुको समय देखि बढी चर्चामा आएको हुन सक्छ ।
गुल्मी जिल्लाकै मात्र नभएर देश विदेशमा समेत चर्चामा आउँदै गरेको रेसुङ्गा धार्मिक दृष्टिले आफैमा महत्व रहेको छ । काठमाडौँ कलंकी निवासी बाल ब्रम्हचारी युवा रेसुङगाको जङ्गलमा आई बसेको तिथी मिति उल्लेख गर्न यकिन हुन नसकेपनि उहाँको आगमन करिब सात दशक अघि हुन सक्छ । उहाँको आगमन संगै रेसुङ्गा चर्चामा आइरहदाँ मुख्य गरि ३ चरणलाई छोटकरीमा विश्लेषण गर्दा पहिलो चरणमा यदुकानन्दको कार्यकाल, दोस्रो योगी नरहरि नाथको आगमन र तेस्रो पंडित नारायण पोखरेलको संगितमय भागवत प्रवचनले ल्याएको रेसुङगाको चर्चा अगाडि बढ्न गएको देखिन्छ ।
यसरी पहिलो चरणमा स्वामी प्रभु यदुकानन्द रेसुङ्गामा आउदाँ भौतिक संरचनाको अभाव थियो । उहाँको बसाई खर्सुको वोटमा (प्वाल) बसी लामो समयपछि संरचना बन्न सुरु गरियो । खास गरि रेसुङगा वरिपरिका गाउँ मध्ये भाडगाउँ, पराल्मी, वलिथुम, जुभुंग, दुवीचौर, दरवार, देविस्थान, गौडाकोट लगायतका गाउँवस्तिको सहयोग र श्रमदान जुटाई प्रभुले हालको यज्ञशाला निर्माण गरी सिद्धबाबा मन्दिर, मठ र पोखरी विभिन्न स्थानमा निर्माण गराई भक्तहरुको उपस्थिति वाक्लो हुदै गयो । दैनिक खर्चको जोहो गर्न भाडगाउँको केही भाग बल बहादुर खत्रीको जिम्मा लगाई उहाँलाई मुखिया तोकियो । तालुकदार मुखियाको हैसियत प्राप्त भएपछि बल बहादुर खत्रीको जिम्मामा भाडगाउँको केही भाग लगाई सो क्षेत्रको तिरो रकम रेसुङ्गाको पुजा आजा खर्चको लागि वुझाउँने नीति नियम बनाई सरकारले नै व्यवस्था गर्यो । त्यसै गरि रेसुङगामा जोडिएका भाडगाउँ सिङ्गो भाडगाउँ हाल रेसुङगा नगरपालिका वडा नम्बर ३ लाई तीन भागमा वाडि किम्ले माथिल्लो भागलाई हाम्रो कान्छो हजुर बुबा गणेश बहादुर बस्नेतले तालुकदार मुखिया पदवी प्राप्त गर्नुभयो । हालको शिवालय मन्दिर पदेल पोखरा देखि तल गाउँको पुछार सम्म वल बहादुर खत्रीलाई र बेहोरे भेक चन्द्रवीर कुँवरलाई जिम्मा दिइयो । यसरी सिङ्गो हालको रेसुङगा नगरपालिका वडा नम्बर ३ भाडगाउँ बेहोरेलाई ३ भागमा जिम्मा लगाउदाँ किम्ले र वेहोरेले जग्गाको मालपोत रहिकर नै बनाई तिरो सरकारलाई जिम्मा लगाइयो भने विचको भाडगाउँलाई प्रभु यदुकानन्दले सम्पूर्ण तिरो रकम रेसुङगाका गुठीमा जम्मा गर्ने व्यवस्था संवन्धित निकायवाट स्वीकृत गराई तिरो रकम बल बहादुर खत्रीले असुल गर्दै आएको अवस्था करिव २९ सालमा प्रभुले यज्ञशालामा आगो लगाई सबै संरचना ध्वस्त पारी उहाँ काठमाडौँ जन्म स्थल तर्फ लागेपछि मुखिया बल बहादुर खत्रीको समेत निधन पश्चात भाडगाउँको जग्गाधनी अलपत्र पर्ने अवस्था देखियो । मुखियाको निधन पछि उहाँका जेठा छोरा ज्ञान बहादुर खत्रीले छोटो समय जिम्मेवारी लिएपनि तिरो रकम बुझाउन अन्योल रह्यो । २०३९ सालमा नापी गर्ने शिलशिला सम्म गाउँका जग्गा जमिन धितो जमानत र बेचविखन कानुनी रुपमा आउन नसकी घरायसी कागजातले अगाडि बढी रहेको थियो । जब जग्गा नापनक्सा त भयो व्यक्तिका नाममा कित्ताकाट भएपनि जग्गाधनी पुर्जा प्राप्त नभई जग्गा दर्ता हुन सकेन २०४२ का निर्वाचनको पछि जिल्ला विकास समितिका सदस्य रुद्र बहादुर भुजेल जिल्ला विकास समितिमा इलाका सदस्य निर्वाचित पछि विशेष गरी मेरो अनुरोधमा उहाँको योगदानबाट मालपोत कार्यालयको निर्णय अनुसार गाउँमै टोली गई जग्गा दर्ता गर्ने कामको थालनी गरियो । गाउँमा जग्गा दर्ता समिति गठन गरि सो समिति मार्फत प्रकृयागत रुपमा जग्गा दर्ता गर्नाका लागि स्थानीय यूवा शमशेर भण्डारीलाई जिम्मा दिई गरिएको जग्गा दर्ता आंशिक रुपमा जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेपनि हाल सो जग्गाको पूर्जामा रेसुङगा रैतानी भन्ने शव्दले कतै कतै धितो जमानतमा हैरानी भएको भन्ने गुनासो आउने गरेको छ । सो गुनासो हटाउनका लागि वर्तमान नेतृत्वले रैतानी गुठी हटाई जग्गा अरु सरह स्वतह रहिकर कायम गर्न जरुरी रहेको हुदाँ सम्बन्धित निकाय अग्रसर हुन आवश्यक छ । बेचविखन लगायत सरकारी निकायबाट बन्चितहुन परेका अवस्थालाई न्यूनिकरण गरी हालको अवस्थामा ल्याउन पहल गर्ने अदरणीय व्यक्तित्व श्री रुद्र बहादुर भुजेल र स्वर्गीय शमशेर भण्डारी समेतको टीमलाई वर्तमानको समाजले सम्मान गर्न सकोस उहाँको योगदानलाई ।
यसरी प्रभुका भक्त भई रेसुङ्गाको लागि निजि सम्पत्तिको ख्याल नगरि रेसुङ्गाा तपोभुमिलाई योगदान दिने र रेसुुङगा प्रति समर्पित भाडगाउँवासीले लगायतको गुन रेसुङ्गा संरक्षण समितिले मुल्याङ्कन गर्दै जाओस ।
भाडगाउँका जग्गा रेसुङ्गा गुठी नभई प्रभुको चाहना र तालुकदारको कमजोरीका कारण भाडगाउँवासीले खेप्न परेको कठिनाईलाई संवन्धित निकायले यथार्थ नबुझि तिरो गुठीको भाषालाई अन्योल बनाई रैतानी जग्गा कायम भएकोमा सो जग्गा धनी दर्ता प्रमाण पुर्जा सच्याई पूर्ण रहिकर जग्गा कायम गर्न संवन्धित निकायको ध्यान पुगोस भन्दै रेसुङ्गा र भाडगाउँको सम्बन्ध थप नजिक बन्दै जाओस ।
रेसुङगाको काखमा रहेको सिंगो भाडगाउँ तपोभुमिको ओतमा स्थापित भएको भाडगाउँ वासी आध्यात्मिक र धार्मिक दृष्टिले अगाडि भएको देखिन्छ । हाल पुनः निर्माणाधिन शिवालय मन्दिर (पदेलपोखरा ) तल्लो भाडगाउँको खडक मन्दिर लगायतको मन्दिर नै भाड गाउँको गहना हुन् । शक्तिशाली सबै मन्दिरमा स्थापित देवी देवताले हामी सबैको कल्याण गरुन ।
प्रभु यदुकानन्दको चमात्कार ः बुबा दल बहादुर बस्नेत (शंकर) द्वारा सुनेका कुराहरु –
* २०१६ सालमा वि.पि रेसुङ्गा प्रभुलाई भेट्न जाँदा प्रभु डोका भित्र नाङ्गो रुपमा आफूलाई दर्शन गराउन व्यस्त देखेपछि………।
* प्रभुका मनपर्ने विशेष अतिथि सत्कार गर्दा बनारसबाट मिठाई तत्काल रेसुङगाको भण्डारमा भरिभराउ गराई अतिथि सत्कार हुने गरेको,
* प्रभुले चाहे तत्काल बाघको रुपमा प्रस्तुत हुने गरेको
* प्रभुको दर्शन वा भेट गरेपछि प्रभुले मेरो बुबालाई भन्नुभएछ –“ तिम्रो घरदेखि तलको घरमा तरुल छ, एक डोको रेसुङ्गामा ल्याउनु” बुबाले हवश्य भनी प्रभुसंग विदाँ मागि घर आउनुभएछ र घरदेखि तल पंदेरे भन्ने हाम्रो छिमेकी खत्रीको घरमा जानुभएछ र तरुलको कुरा गरेपछि डोकाको डोका तरुल खनेर प्रभुलाई आदेश अनुसार पुर्याई दिनु भएछ
* प्रभुले २० रुपैयामा २० थान गाई ल्याउन जस मध्ये १ वटा गाई लैनो व्यायको हुनुपर्ने छ । सो आदेशको पालना गर्न २० रुपैयाँ नगद बुझि गुल्मीको मुसिकोट मावली गाउँमा गई २० रुपैयाँको २० थान गाई खरिद गरि बुबाले गाई रेसुङ्गा लगेपछि “धन्यवाद लाटा” भन्नुभएको कुरा बुबाबाट सुनेको हो ।
रेसुङगाको दोस्रो चरणमा भएको भौतिक र आध्यात्मिकतामा बल पुर्याउन रेसुङ्गा संरक्षण समिति गठन भयो । जसको अध्यक्ष रुद्र बहादुर भुजेल लामो समय सम्म कार्यरत रहनुभयो । जुन समितिको सदस्य पदमा म समेत सहभागि हुने मौका मिल्यो । करिब २०४२ सालको सेरोफेरोमा योगी नरहरि नाथले कोटी होमको आयोजना गर्नु भयो । कोटीहोमबाट रेसुङगामा संस्कृत पाठशाला खोली संस्कृतको विकास र उन्नतिलाई टेवा पुर्याई नैतिक शिक्षाको साथै आदर्श र अनुशासित वर्गको उत्पादन गरि समाजलाई संस्कार दिन योग्य नागरिक उत्पादन गर्ने उद्देश्यले खोलिएको संस्कृत पाठशाला केहि समय पछि विस्थापित हुदै गयो । सोही अवसरमा रेसुङ्गा क्षेत्रको चौतारा भन्ने स्थानमा गौशाला निर्माण गरि सयौँ गाईको व्यवस्थापन र संरक्षण गर्ने कार्य सुरु गरेकोमा हाल सो गौशालामा निर्माण गरिएको भौतिक संरचना थप र आकर्षक देखिएपनि गाईहरुको संरक्षणमा देखिएको कमि कमजोरीलाई व्यवस्थित गर्न थप व्यवस्थाको आवश्यकता पुरा गर्न सबै क्षेत्रवाट आउने गुनासोको समाधान वर्तमान कार्यसमिति र उपसमिति जागरुक बन्न सकोस हाम्रो शुभकामना ।
तेस्रो चरणमा रेसुङ्गाको चौतर्फी विकास क्रमलाई थप आकर्षक बनाउने उद्देश्य भागवत महायज्ञको आयोजना २०६० तिर गरियो । पुराण वाचक पंडित नारायण पोखरेलको भागवत प्रवचनले उपस्थित भक्तजनका मन पगालेर संकलन गरिएको रकम करिव ५६ लाखले रेसुङ्गालाई दिने राहत खासै नभएपनि सो बजेटले रेसुङ्गामा आएको परिवर्तन अविस्मरणीय रह्यो । आदरणाीय र सम्मानित व्यक्तित्व यदुकानन्द योगी नरहरि नाथ र पंडित नारायण पोखरेल प्रति आभार व्यक्त गर्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
वर्तमान अवस्थामा रेसुङ्गाले अभिभावक पाएको छ । सुरेश भुसालको नेतृत्वमा गठन भएको रेसुङ्गा संरक्षण समिति हाल दोहोरिएको छ । जुन समितिमा संलग्न हुनुभएको सबै शुभचिन्तकहरुको चिन्ता रेसुङ्गालाई आकर्षक र भव्य सभ्य बनाउदै भौतिक सुविधा थप गरि धार्मिक पर्यटकहरुले एक पटक रेसुङ्गाको दर्शन गर्नै पर्ने महसुस गराउन पहल गर्ने सुरेश भुसालको टिमलाई आजिवन सदस्यको तर्फ देखि हार्दिक धन्यवाद दिन चाहन्छु ।
रेसुङ्गामा थप गरिएका संरचनाहरुले भक्तहरुको घँुइचो त लागेको छ , अझै भक्तहरुको थप उपस्थितिले रेसुङ्गाको महिमालाई विस्तार गर्दै अगाडि बढ्न सकोस । वर्तमानको समाजलाई सेवा सुविधा सहितको गन्तव्य नै पहिलो रोजाई देखिएको हुदाँ रेसुङ्गाले पनि समाजको चाहनालाई मध्यनजर गर्दै केबुलकारको व्यवस्थालाई चिन्तन गर्न सके रेसुङ्गाले गरेको चिन्तामा कमि आउने देखिन्छ ।
“झ¥यो फूल थुङ्गा ।
म रोएको देखेर नरोऊ रेसुङ्गाा ।।”
गायक विमल राज क्षेत्रीको यो गीतले सार्थकता पाउने छ ।
अन्त्यमा रेसुङ्गामा भई रहेको भौतिक संरचना बाटो, पानी, विजुली र धर्मशाला विभिन्न मठमन्दिरले र गौशालाले पाएको माया र सहयोग निरन्तर अगाडि बढी रहोस, आन्तरिक र बाह्य धार्मिक पर्यटकका लागि आवश्यक पर्ने सेवा सुविधा समय सापेक्ष पुरा गर्न वर्तमान कार्य समिति निरन्तर अगाडि बढि रहोस, हामीले गर्दै आएको र पूर्वजले दिएको योगदानलाई वर्तमान कार्य समितिले ऐतिहासिक बनाउन सकोस् ।
सिद्धबाबा मन्दिरमा वार्षिक श्रावण महिनामा गरिने शिद्ध पुजा, बस्नेत परिवारको सदस्यवाट गरिदै आएको इतिहास कायम राख्न श्रावण अन्तिममा बस्नेत संघ गुल्मीले गरेको आयोजनामा सम्पूर्ण भक्तहरुको उपस्थिति रहदै आएकोमा आगामि दिनमा पनि निरन्तरताको बृद्धि हुदै जाओस् बस्नेत संघ गुल्मी हार्दिक स्वागत गर्ने छ ।
रेसुङ्गाको इतिहासलाई झल्काउन नसकेपनि मैले अनुुभव र अनुभुति तथा संलग्न रहेको छोटो वर्णन गर्न रेसुङ्गा संरक्षण समितिले पत्र मार्फत रेसुङ्गाको इतिहास देखि हाल सम्मको अनुभवको लेख माग गरेको हुँदा सो अनुरोधको कदर गर्दै गुल्मी रेसुङ्गा र भाडगाउँको सम्वन्धलाई विस्तार गर्ने मौका उपलब्ध गराई दिने सुरेश भुसाल र मोति प्रसाद खनाल प्रति हार्दिक आभार व्यक्त सहित हार्दिक धन्यवाद ।
ओमशान्ति !!