logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मर्चवारका ३ वटै गाउँपालिकामा शिक्षकद्वारा धर्ना कार्यक्रम


    २९ साउन २०८० , सोमबार

    मर्चवारका ३ वटै गाउँपालिकामा शिक्षकद्वारा धर्ना कार्यक्रम

    असलम खाँन।लुम्बिनीखबर
    मर्चवार, २९ साउन । रुपन्देहीको मर्चवारमा पर्ने तीन वटै स्थानीय तह कोटहीमाई, सम्मरीमाई र मर्चवारी गाउँपालिकाका शिक्षकहरु तीन घन्टा धर्ना प्रदर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।


    प्रस्तावित शिक्षा ऐनका विभिन्न बुँदा तथा केही व्यवस्थाहरूको विरुद्धमा नेपाल शिक्षक महासंघको आह्वानमा आइतबार मर्चवारका तिनवटै गाउँपालिकामा विरोध कार्यक्रमको आयोजना गरिएको थियो ।
    महासंघले शिक्षकहरूको माग सम्वोधन नगरे अनिश्चितकालिन विद्यालय बन्द हुने समेत चेतावनी दिँदै आइतबार देखि पहिलो चरणको आन्दोलनको कार्यक्रम सुरु गरेको हो ।


    महासंघले पहिलो चरणमा देशभरका स्थानीय तहमा पुगेर दबावमूलक कार्यक्रमहरूको आयोजना गरेको हो ।
    नेपाल शिक्षक महासंघ मर्चवारी गाउँपालिका अध्यक्ष रामप्रसाद हरिजनका अनुसार पहिलो चरणअन्तर्गत आइतबार देशका हरेकमा स्थानीय तहका कार्यालयमा सम्बन्धित पालिकाका शिक्षक–कर्मचारी उपस्थित भई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तीन घण्टा धर्ना दिने कार्यक्रम रहेको छ ।


    धर्नाको समापनसँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रति सहित केन्द्रबाट पठाएको जानकारी पत्र स्थानीय तह समक्ष पेस गर्ने र उक्त कार्यक्रमको संयोजन महासंघ र आबद्ध सम्बद्ध संस्थाका पालिका समितिले गर्ने तयारी रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.