ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, २९ साउन । पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयको मिलोमतोमा व्यापक तस्करी भएको छ ।
देश आर्थिक संकटमा छ । राजस्व असुली अति कम भएर कर्मचारीलाई तवल खुवाउन नै धौ धौ परिरहेको अवस्था छ । तर, राजस्व संकलन गर्नका लागि अर्थमन्त्रालयले भन्सार कार्यालयमा खटाएका कर्मचारीहरुले भने भन्सार छली गर्ने कार्यलाई प्रोत्साहित गर्ने गरेको खुलासा भएको छ । पछिल्लो समय भन्सारका कर्मचारीहरु ब्यापारीहरुसँग सेटिङ गरी करोडौं भन्सार राजस्व छलीमा सरीक हुने गरेका छन् ।

बुधवार राती नेपाल भारतको सिमाक्षेत्रमा रहेका भुजहवा गाउँबाट ठुलो मात्रामा चामल र केराउ फेला परेको छ । नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ भुजहवामा नेपाल प्रहरी,शस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालयले छापा हान्दा छोटु, सुरेश र बचनको घरबाट ३ सय ५४ बोरा चामल र १ सय ३० बोरा केराउ बरामद भएको स्रोतले जनाएको छ ।
सोही गाउँमा मिनटु यादवको घरमा पनि ठुलो मात्रामा अबैध मालसमानहरु लुकाएर राखिएको सुचना दिदा पनि हामी थाकी सकेका छौं र आल ताल गरि भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडालले भने अहिले पक्राउ गर्न मिल्दैन बताएका छन् ।
महेशपुर भन्सार कार्यालयबाट महंगा ब्रान्डेड सामान ल्याउने र भन्सारमा भने सस्तो सामान ल्याएको भन्सार शुल्क तिरी ब्यापारीसँग मिलेर करोडौं राजस्व हिनामिना गर्ने कार्य हुँदैआएको गुनासोपछि भन्सार विभागले बुधबार राति भुजहवाबाट चावल र मटर बरामद गरेको छ ।
तस्करीको सामानका कारण १ बर्ष को अवधि मा भन्सार कार्यालय महेशपुर बनट ४ जना प्रमुख तानिइसकेका छन् । त्यसपछि तस्करहरुले महेशपुर भन्सारलाई सहज नमानेपछि अहिले तस्करीको रुट परिवर्तन गरी सिमा नाकालाई प्रयोग गर्दैआएका छन् ।
अबैध मालसमान पक्राउ गरेको समबन्धमा पत्रकारले जानकारी माग्दा भन्सार कार्यालय प्रमुख बुद्धि कुमार चुडाल संग प्रश्न गर्दा हामीले त्यसको बारेमा भन्न मिल्दै लाई ठाडो जवाफ दिएका हुन ।