logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृष्णनगरमा एकै घरका दाजुभाई मृत अवस्थामा फेला परे


    २९ साउन २०८० , सोमबार

    कृष्णनगरमा एकै घरका दाजुभाई मृत अवस्थामा फेला परे

    शहबाज खान
    कृष्णनगर, २९ साउन । कपिलबस्तु जिल्लाको कृष्णनगर नगरपालिक वडा नम्बर ५ मा पर्ने बगही गाउँमा एकै परिवारका २ बालक दाजु भाई मृत अवस्थामा फेला परेका छन् ।
    मंगलवार देखि हराएका ५ वर्ष र ७ वर्षका दाजुभाई राजन यादव र साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।
    प्रहरीलाई घरबाट हराएको भनी राति ९ बजे जानकारी भए पनि दुवै दाजुभाई शव बुद्धवार विहाना भेटिएको थियो ।
    माटो खन्न गरेको खाल्लोमा पानी जमेको खल्डो भित्र दाजुभाईको शव फेला परेको प्रहरीले जनाएको छ । दुवै शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ भने घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.