logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    मदरसामा सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने ः अकरम पठान


    २९ साउन २०८० , सोमबार

    मदरसामा सरकारको विशेष ध्यानाकर्षण हुनुपर्ने ः अकरम पठान

    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, २९ साउन । राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालको आयोजनामा शिक्षा र समाज बिचमा एक दिने कार्यक्रमको आयोजना विजयनगर गाउँपालिका वडा नम्बर ७ को दत्तपुरमा रहेको अहले सुन्नत गौसियाको प्रांगढमा आयोजना गरिएको थियो ।
    समाजसेवी अकरम पठानको अध्यक्षतामा, हाजी अब्दुल कलाम राष्ट्रिय मुस्लिम मदरसा संगठन नेपालका उपाध्यक्ष अतिकुर रहमान नेपाली, महासचिव मौलाना मुजिकुर रहमान मिश्वाही लगायतको प्रमुख अतिथ्यतामा र मौलाना सद्दाम हुसेन, मौलाना मुहिनुद्दिन हश्मती शाहब, मौलाना अखलाख अन्सारी, मौलाना अकरम अलि, मौलाना अब्दुल कलाम, मौलाना इब्राहिम लगायतको विशिष्ट अतिथ्यतामा कार्यक्रमको आयोजना गरि संचालन गरिएको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि कलामले मदरसाको व्यवस्थापन गर्न मुस्लिम समुदाय लगायत सम्पूर्ण सरोकारवाला निकायले विशेष ध्यान दिनुपर्ने बताए ।
    कार्यक्रममा मौलाना सद्दाम हुसेनले मुस्लिम समुदायको मदरसामा पढाउने बिषयको पाठ्यक्रम तयार गरि मदरसाहरूमा लागु गर्नुपर्ने बताए ।
    कार्यक्रममा मौलाना मुइनुद्दीनले नेपालमा मुस्लिम समुदायको आफ्नै पहिचान रहेकाले त्यसको संरक्षण सबै मुस्लिम समुदायले मिलेर गर्नुपर्ने बताए ।
    कार्यक्रमका अध्यक्ष अकरम पठानले मुस्लिम समुदायको मदरसामा सरकारको बिशेष ध्यानाकर्षण हुनुपर्ने किनकी मदरसाहरु व्यवस्थापन तथा संचालन पछाडि रहेको अवस्थामा मरसामा आधुनिक तथा व्यवसायिक शिक्षाको पहल राज्यले गर्नुपर्ने साथै मदरसामा पढाउने शिक्षकको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको र शिक्षा ऐन लगायत संबैधानिक व्यवस्थामा मुस्लिम समुदायको पहुँच हरेक क्षेत्रमा हुन जरुरी रहेको बताए । देश विदेशको मुस्लिम समुदायको चर्चा गर्दै पठानले चाइनामा मुस्लिम समुदाय माथि धेरै दमन भई रहेको विभिन्न संचार माध्यमबाट कुरा आइरहेको तथा मुस्लिम समुदायलाई शिक्षा, सामाजिक तथा धार्मिक कार्यक्रमहरूमा धेरै प्रतिबन्ध लगाएको घटनाहरु बेला बेलामा समाचारहरूमा आउने गरेको कुरा दुःखद रहेको बताए ।
    कार्यक्रममा १७ वटा मदरसाका मौलाना, व्यवस्थापन समिति अध्यक्ष तथा सदस्यहरुको संलग्नतामा कार्यक्रम सम्पन्न भयो ।
    मौलाना मुजिबुर्रहमानले कार्यक्रम संचालन गरेका थिए भने कार्यक्रमको सम्पूर्ण जानकारी अकरम पठानले दिएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.