logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु


    २९ साउन २०८० , सोमबार

    कपिलवस्तुमा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु

    शहवाज खाँन । लुम्बिनीखबर
    कृष्णनगर, २९ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा करेन्ट लागेर ६ वर्षीय बालिकाको मृत्यु भएको छ ।
    गाउँपालिकाको वडा नम्बर २ जर्लैया बस्ने चाँद अलि भाँटको छोरी साहिना खातुनको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।


    घर अगाडी नल्कामा जडान गरिएको पानी तान्ने मोटरबाट नुहाउने क्रममा अचानक नातिनी र हजुरआमालाई करेन्ट लाग्दा नातिनी साहिना खातुनको मृत्युु भएको र हजुरआमा ४८ वर्षीय अन्जुम भाँट घाइते भएको इलाका प्रहरी कार्यालय गणेशपुरका असई डोल बहादुर थापाले जानकारी दिए ।
    प्रहरीका अनुसार नातिनीलाई बचाउने क्रममा घाइते भएकी हजुरआमा अन्जुम भाँटको अवस्था सामान्य रहेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । छोरी खातुनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.