असलम खान। लुम्बिनीखबर
मर्चवार, २९ साउन।
रुपन्देहीको मर्चवार भन्ने क्षेत्रमा पर्ने मर्चवारी गाउँपालिका वडा नम्बर १ मा पर्ने खैरा घाट, वडा नम्बर २ मा पर्ने जोगियावारी घाट र वडा नम्बर ७ मा पर्ने कंचनपुरा घाटहरुमा दैनिक संचालन हुने डुङ्गा भारतीय सुरक्षा बलले बन्द गराएको छ। उक्त घाटहरुबाट स्थानीय उत्पादन कृषि उपज समान, दूध लगायतका सामान भारतीय बजारमा विक्रीवितरण गर्ने जान गरिन्छ। घरायसी प्रयोजनका अन्य सामानहरु भारतीय बजार बाट खरिद गरि समेत उक्त नाकाहरुबाट ल्याउने गरिन्छ।

मर्चवारी गाउँपालिका वडा नम्बर १ भन्सार टोल बस्ने मिश्री लोनियाले नदीमा डुङ्गा बन्द भएपछि धेरै समस्य खेपिरहेको बताउँछन्। भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ। अहिले हाम्रो छोरी-बुहारीले टेक्टरको ट्युबमा बसी जोखिम यूक्त खोला वारपार गरिरहेका छन्। उनले भने हामी आवश्यक सामान पनि भारतको एकसडवा अथवा कुल्हुई बजारकै भरमा छौ। भैरहवा जादा ३०-३५ किलोमिटर जानू पर्दछ। भारतको कुल्हुई गइयो भने तीन-चार किलोमिटर मै पुगिन्छ। भारतीय एसएसबीले नदीमा चल्ने डुङ्गा बन्दै गरेपछि बैकल्पिक उपाय अपनाई आवत-जावत गरेको उनको भनाइ छ। टेक्टरको ट्युबमा बसेर आउँदा ज्यान जोखिम हुनुको साथै सामानहरु पनि भिज्ने अवस्था रहेको लोनियाले बताए।
मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले डुङ्गा संचालन गर्ने भारतीय एसएसबी संग समन्वय गर्दा डुङ्गा संचालन नहुँदा स्थानीयहरुलाई धेरै समस्या खेप्नु परेको अध्यक्ष बरईले बताए। भारतीय सीमा सुरक्षा बलको विभिन्न कार्यालयमा डुङ्गा संचालन गर्न अनुरोध पत्र सहित पुगेको थिए।
तर एसएसबीका प्रमुखले माथिको आदेश अनुसार डुङ्गा बन्द गरेको बताउँछन्। यसबारे माथिको निकायमा नै पहल गर्नु पर्ने उनीहरुको भनाइ रहेको छ। जयसबारे जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत अन्य निकायमा पनि पहल गरि छिट्टै डुङ्गा संचालन गराउने अध्यक्ष गया प्रसाद बरईले बताएका छन्।