logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    शैक्षिक उपलब्धीमा क्रान्तिका लागि सरोकारवालाले जिम्मेवारी बहन गर्न जरुरी


    ३२ साउन २०८० , बिहिबार

    शैक्षिक उपलब्धीमा क्रान्तिका लागि सरोकारवालाले जिम्मेवारी बहन गर्न जरुरी

    पशुपति यादव 
    रोहिणी, ३२ साउन । शिक्षा सम्बन्धी जति व्यवस्था गरेपनि वा पुरा समुद्रको पानीलाई मसी र पुरा जंगललाई कलम बनाई दिएपनि शिक्षाको मुलमर्म नै शैक्षिक उपलब्धी हो । जुन उपलब्धीले शिक्षक विद्यालयको नाम रोशन नै हुन्छ भने अभिभावकले गरेका कल्पना सकार हुन्छ ।
    ओमसतिया गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्कदो रहेको सुचना शाखाले जनाएको छ ।
    ओमसतिया गाउँपालिका भित्र सामुदायिक विद्यालय ५ वटा रहेका छन् । जस मध्ये छोटकी रामनगर माध्यमिक विद्यालय र जनजागृति माध्यमिक विद्यालयमा शिक्षा संकाय संचालन रहेको छ । यी विद्यालयमा लागत अनुसारको विद्यार्थीहरुको उपलब्धी हुन नसकेको शिक्षा शाखा प्रमुख हरि पोखरेलले जानकारी दिएका छन् ।
    त्यसै गरी ठूठीपिपल माध्यमिक विद्यालयमा व्यवस्थापन संकाय, शिक्षा संकायसंचालनमा रहेको छ । यस विद्यालयमा विद्यार्थीहरुको नतिजाको उपलब्धीलाई हेर्दा राम्रो रहेको शिक्षा मुल्याङ्कन समिति जनाएको शिक्षा शाखा प्रमुख पोखरेलले बताएका हुन् ।
    बसन्तपुर दशरथ जनता माध्यमिक विद्यालय, पटखौली माध्यमिक विद्यालय कक्षा १० सम्म संचालनमा रहेको पालिकाको तथ्याङ्कले जनाएको छ ।
    प्राचिन युग र समाज भन्दा अहिलेको वा आधुनिक युग र समाजलाई प्राविधिक शिक्षाको आवश्यकता रहेको देखिन्छ । जुन एउटा पालिका स्तरीय कृषि, भेटेरिनरी, सिभिल, इन्जिनियरीङ् लगायतका प्राविधिक धारको शिक्षा अहिलेको आधुनिक समाज वा समयको माग रहेको शिक्षा विद्हरुको भनाई रहेको छ ।
    ओमसतियामा शैक्षिक गुणस्तरमा देखिएको कमि कमजोरी आउनुको कारणलाई किटान गरि निवार कसरी गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिन जरुरी रहेको शिक्षा शाखा प्रमुख पोखरेलको भनाई रहेको छ ।
    यस विषयमा शिक्षकले उत्तरदायित्व भुमिका निर्वाह गर्नुपर्ने, विद्यार्थीले आ–आफ्नो ठाउँमा जिम्मेवारी लिनु पर्ने, विद्यालय व्यवस्थापन समितिले आफनो काम कर्तव्यमा निष्ठावान रहि, विषयगत शिक्षक जवाफदेहि भएमा शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।
    ओमसतियाका सामुदायिक विद्यालयका विद्यार्थीहरुको उपलब्धीलाई ध्यानमा राखि सम्पूर्ण सरोकारवालाले आ–आफनो ठाउँवाट भुमिका खेलेमा अगामि दिनमा शैक्षिक गुणस्तरमा देखिएको कमि कमजोरी सुधार हुने शिक्षा शाखा प्रमुख पोखरेलको भनाई रहेको छ ।
    अरु क्षेत्रमा लगानी गर्दा तत्कालै उपलब्धी देखा पर्दछ तर शिक्षा क्षेत्रमा गरेको लगानीको उपलब्धी निश्चित अवधी पछि मात्र विद्यार्थीको व्यवहारमा देखिएको परिवर्तनका साथै प्राप्त अंकका आधारमा देखा पर्दछ । शिक्षा क्षेत्रमा अझै लगानीको खाचो , समय अनुसार रहेको हुनाले सरकारी निकायको ध्यान केन्द्रित हुनु जरुरी छ ।
    वर्तमान समयमा प्राविधिक शिक्षाको पनि खाचो रहेको शिक्षा शाखा प्रमुख पोखरेलले बताएका छन् ।
    ओमसतिया गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा शिक्षाको उपलब्धी खस्कदो रहेको देखिन्छ । यस विषयलाई ध्यानमा राखि विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक , विद्यार्थी, स्थानीय तह, शिक्षा इकाई, सामाजिक अभियानता लगायतका सरोकारवालाले आ–आफनो काम, कर्तव्य, जिम्मेवारी, भुमिका सहि तरिकाले उचित समयमा बहन गरेमा शैक्षिक गुणस्तरमा देखिएको ह्रास निवारण गर्न सकिन्छ ।
    विद्यालय व्यवस्थापन समितिले विद्यालयका लागि चाहिने आवश्यक भौतिक र शैक्षिक लगायतका सामग्रीहरु उपलब्ध गराईदिनु पर्दछ ।
    शिक्षकले विभिन्न योजनाहरुको निर्माण गरि त्यसै अनुसार कार्यान्वयन गरेमा विभिन्न उद्देश्यहरु तोकेको समयमा पुरा गर्न सकिन्छ ।
    अभिभावकले आफनो बालबालिकाले गरेको सम्पूर्ण गतिविधि तथा क्रियाकलापलाई प्रत्यक्ष रुपमा जानकारी राख्नु जरुरी हुन्छ । विद्यार्थी गर्ने हरेक कामहरु संग परिचित हुनु पर्छ । बालकलाई आवश्यक कुरामा प्रोत्साहन गर्ने र अनावश्यक कार्यलाई विस्तारै हटाउमा सहयोग गर्नु पर्दछ ।
    विद्यार्थीले समयमा विद्यालयमा गई शिक्षकले पढाएको शिर्षक वा विषयबस्तुमा नबुझेको खण्डमा शिक्षक संग सोध्ने र दिएको कार्यलाई समयमा पुरा गर्नुपर्दछ ।
    यसरी नै सबै सरोकारवाला निकायले आ–आफनो क्षेत्रवाट सही ढङ्गले कार्य गरेमा शैक्षिक क्षेत्रमा अवश्य नै क्रान्ति हुने विश्वास शिक्षा शाखा प्रमुख पोखरेलको रहेको छ ।
    शैक्षिक गुणस्तरमा सुधारका लागि शिक्षक तालिम, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक, विद्यार्थी संयुक्त रुपमा अन्तक्रिया, छलफल, गोष्ठी लगायतका कार्यक्रमलाई प्राथमिकतामा राखि अगामि दिनका लागि योजनाबद्ध जाने आफनो सोच रहेको शिक्षा शाखा प्रमुख पोखरेल लुम्बिनीखबर संग बताएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.