logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नवलपरासीमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै


    ३२ साउन २०८० , बिहिबार

    नवलपरासीमा ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम सफल हुँदै

    ज्ञानेश्वर सहानी
    नवलपरासी, ३२ साउन । पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला भित्र ४९७ वटा कार्यक्रम सफल परेको छ ।
    प्रहरीले शान्ति र स्थायित्वका लागि ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूलनाराका साथ सुरु गरेको अभियानलाई कार्यान्वयन जनचेतनामूलक कार्यक्रम गरेको हो ।
    जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले “समुदाय प्रहरी साझेदारी” कार्यक्रम सफल हुँदै बताउँनुहुन्छ । विकास र सुरक्षाको अन्तनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचयनका लागि ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास प्रहरीले लिएको पाण्डेले बताउनुभयो ।
    प्रहरीले अभियानलाई तीव्रताका लागि सञ्चालन गर्न विभिन्न चरणमा ४ सय ९७ ठाउँ मा अभिभावक विद्यार्थी, शिक्षक शिक्षिका, आमा समूह, प्रहरी कर्मचारीलाई चेतनामुलक तालिम प्रदान गरिसकेको छ ।
    जिल्ला भित्रका ७ वटै स्थानीय तहमा कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि सारिएको अभियानमा हालसम्म ७ स्थानीय तहसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको सुचना अधिकारी पाण्डेले बताउनुभयो ।
    अभियान संचालन गरेसँगै प्रहरीले फरार अभियुक्तको खोजी गर्न समेत सहज भएको छ । २ सय ३६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको छ भने आर्थिक वर्ष २०७९÷८० मा प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका १ हजार ३८ उजुरी मध्ये ७ सय ५१ वटा उजुरी फर्चाैट गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिएका छन् ।
    यस अघि प्रहरीले ‘सामुदायिक प्रहरी’ को नामले कार्यक्रम चलाएको थियो, त्यो भन्दा पृथक अवधारणा साथ ल्याइएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै देशभर फैलियो ।
    समुदायसँग बसेर विकृति र विसंगतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको छ ।
    नेपाल प्रहरी र स्थानीय तह बीच समझदारी गरेर साँझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइएको जिल्ला प्रहरी कार्यलायका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।
    नेपाल प्रहरीले अहिले हासिल गरेको कार्यकुशलता र जनविश्वासमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठूलो योगदान रहेको मानिन्छ ।
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पु¥याएको छ । यो अभियान विद्यालयसम्म पनि पुगेको छ ।
    समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमलाई प्रहरीले टोलटोलसम्म पु¥याएको छ । यो अभियान विद्यालयसम्म पनि पुगेको छ ।
    सीमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान सुरु गरिएको थियो ।
    अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरि काम गरेको थियो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको थियो ।
    सूचना अधिकारी पाण्डेयका अनुसार सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण गरि अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना बनाएको थियो । यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन तथा ओसारपोसार हो । लागुऔषध दुव्र्यसन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवन कर्तालाई मनोसामाजिक परामर्श र लागुऔषध विरुद्ध सचेतना कार्यक्रम अगाडि बढाएको छ ।
    त्यसैगरी यहाँ विकराल समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि विशेष अभियान संचालन गरेको उनले बताए ।
    यसैगरी महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने काम छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने विद्यालयहरुमा सचेतना कक्षा चलाएको थियो ।
    यहाँ ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको पाण्डेले बताएका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको उनले बताए । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्र्यसन तथा ओसारपोसार र महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा रहेको हुदाँ त्यसको न्युनिकरणको लागि जिल्लामा व्यापक रुपमा सचेतना कार्यक्रम गरेको छ ।
    फरार अपराधि पक्राउमा पोहोर आर्थिक वर्षको तुलनामा ३९ प्रतिशतले बढी फरार अपराधी पक्राउ गरेको छ । त्यत्तिकै मात्रामा जरिवाना पनि असुल उपर गराएको छ ।
    यस्तै आमनागरिक र प्रहरी वीचको सम्बन्ध समुधुर बनाउनु पर्छ भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीले समुदाय प्रहरी साझेदारी अभियानलाई जिल्लाभरमा निरन्तर लागु गरिएको उनले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम समेत गरेर उनीहरुलाई शान्तिपुर्ण तवरले बस्ने वातावरणको समेत प्रत्याभुत दिलाएको र आगामी दिनमा थप प्रभावकारी रुपमा कार्य गरिने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.