लुम्बिनीखबर
लुम्बिनी, ४ भदौ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा पर्ने मोगलहा चौराहामा मोटरसाईकल दुर्घटना भएको छ ।
दुर्घटनामा परी सवारी चालकको कम्मर र घाँटी निरको हड्डी भाचिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना गाडी धनीको नाम विजयी भुजको लु.२३ प ६१६३ नम्बरको गाडीबाट भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना मोगलहा चौराहा देखि २ सय ५० मि अगाडि रहेको पेट्रोल पम्पको अगाडि भएको घाइतेहरुले जानकारी दिएका छन् ।
सोही नगरपालिकाको महदेवामा बस्ने सवारी चालक आर्जुन कुमार भुज र अनिरुद्ध कुमार भुज दुबै मोटरसाईकल दुर्घटनावाट घाइते भएका हुन ।
सडकको पीचमा पल्टिएर घाइते भएका भुज दाजुभाईलाई उपचारका लागि भैरहवाको ओजस अस्पतालमा भर्ना गरिएको लुम्बिनीखबरकी संवाददाता अन्जना चौहानले जानकारी दिएकी छन् ।