ज्ञानेश्वर सहानी
नवलपरासी, ५ भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर २ गुडरियामा मानिस मृत अवस्थामा फेला परेको छ ।
भारतीय गण्डक नहरको पानीको छेउमा २१ बर्षिय पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको छ ।
उक्त ठाउँका स्थानियहरुले नजिकको ईलाका प्रहरी कार्यालय बेलाटारीलाई जानकारी दिएका छन् । सुचनाको आधारमा प्र.ब.ना.नि. मिठे थापा क्षेत्रीको कमाण्डमा सोको सहित ७ जनाको टोली घटनास्थलमा पुगेको छ ।

घटनास्थलमा मुचुल्का लगायत प्रारम्भिक अनुसन्धान कार्यको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासी बाट प्र.नि. माधब भण्डारीको कमाण्डमा थप टोली खटिगएको सुचना अधिकारी भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उक्त लास भारत बिहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर ३ नम्बर पहाड बस्ने मिना पौलको छोरा बर्ष १९ को सुजित पौलको रहेको मृतकको दाजु कुनाल कुमारले सनाखत गरेका छन् ।