असलम खाँन।लुम्बिनीखबर
भैरहवा, ७ भदौ । भारत चौथौँ चन्द्रयान पठाउन सफल राष्ट्र बनेको छ । इन्डियन अन्तरिक्षयान चन्द्रयान–३ २३ अगस्ट २०२३ मा जादाँ भारतले एक नयाँ रेकर्ड बनाएको छ । भारतले सफलतापूर्वक बिक्रम लैन्डर चन्द्रमामा लैन्ड गरेको छ ।
इन्डियन अन्तरिक्षयान चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमामा लैन्ड गरेको छ । बुधबार भारतीय समयअनुसार साँझ ६ बजेर ४ मिनेटमा चन्द्रयान–३ यान चन्द्र धरातलमा लैन्ड गरेको हो ।
इन्डियाको यो पहिलो अन्तरिक्षयान हो, जुन पृथ्वीको उपग्रहमा लैन्ड भएको छ । रुस, अमेरिका र चीनपछि भारत यो सफलता हात पार्ने चौँथो देश बनेको छ । बिक्रम लैन्डर चन्द्रमामा लैन्ड पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो एक अविश्मरणीय भएको बताएका छन् ।
धेरै अघि चन्द्रमामा अन्वेषणका लागि यानहरु अवतरण गरिएका थिए । तर भारत चौथौ चन्द्रयान अन्वेषणमा सफल राष्ट्रको रुपमा इतिहास बनाएको छ ।