दुई वडाबाट शून्य मुद्दा दर्ता
झब्बर यादव । लुम्बिनीखबर
सिद्धार्थनगर, ७ भदौ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिकामा रहेको न्यायिक शाखामा आर्थिक वर्ष ०७९।०८० मा मेलमिलाप केन्द्रमा ६२ वटा विवादित मुद्दाहरु छलफल भएका छन् । जसमा ३२ सहमति, १७ असहमति र १३ विवादका पक्ष विपक्ष उपस्थिति रहेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष ०७९।०८० मा न्यायिक शाखावाट भएको कार्य सम्पादनको तथ्याङ्कलाई हेर्दा दफा ४७ (१) बमोजिममा दर्ता भएका विवादहरु विषयगत रुपमा गत वर्षको जिम्मेवारी सरेर आएको ११ वटा र यस वर्ष दर्ता भएको १५ वटा गरी २६ वटा विवाद दर्ता हुन पुगेको तथ्याङ्कले देखाएको छ । जस मध्ये सहमतिमा ३, फैसला ११ र ५ खारेज मुद्दा गरी १९ वटा मुद्दा फर्चौट भएको र ७ वटा विवाद बाँकी रहेको सुचना शाखाले जनाएको छ ।
त्यसै गरी दफा ४७ (२) बमोजिम दर्ता भएका विवादहरु विषयगत रुपमा गत वर्षको जिम्मेवारी सरेर आएको २ मुद्दा र यस वर्ष दर्ता भएका १८ गरी २० वटा विवादहरु दर्ता हुन पुगेका छन् । जस मध्ये सहमतिमा ६, फैसलामा ७ र ८ वटा डिसमिस गरी १६ वटा फर्चौट भएका छन् र ४ वटा बाँकी रहेको तथ्याङ्ले देखाएको छ ।
यसरी दफा ४७ (१) र (२) लाई हेर्दा गत वर्षमा ०७९।८० जिम्मेवारी सरेर आएको १३ र यस वर्ष दर्ता भएको ३३ गरी ४६ वटा मुद्दा दर्ता भएका थियो । जस मध्ये ३५ वटा फर्चौट भएका छन भने ११ वटा बाँकी रहेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष ०७९।०८० मा न्यायिक शाखामा दर्ता भएर आएको मुद्दाहरुलाई वडागत रुपमा र वादी लिङ्गका आधारमा हेर्दा वडा नम्बर ५ र ९ मा शुन्य रहेको तथ्याङ्कले देखाएको छ । सबैभन्दा धेरै वडा नं. ६ मा मुद्दाको संख्या ८ रहेको र महिला वादीको संख्या ६ दर्ता भएर आएको न्यायिक समितिका प्रमुख तथा सिद्धार्थनगर पालिकाका उपप्रमुख उमा अधिकारीले बताउनुभयो । उपप्रमुख अधिकारीले दर्ता भएका मुद्दालाई सहमती र छलफलबाट टुङ्गाउने पक्षमा आफु रहेको जानकारी दिनुभयो ।
न्यायिक शाखामा बुटवल उपमहानगरपालिका वडा नम्बर १४ वाट १ वटा र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ वाट १ वटा र सिद्धार्थनगर नगरपालिकाको १३ वटै वडा वाट ३२ वटा मुद्दा दर्ता भएको सिद्धार्थनगर नगरपालिकाको न्यायिक शाखाले जनाएको छ ।