logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    साई ग्लोबल भैरहवाको उत्कृण्ट शैक्षिक संस्था


    ७ भाद्र २०८० , बिहिबार

    साई ग्लोबल भैरहवाको उत्कृण्ट शैक्षिक संस्था

    ‘शिक्षा मानव जातिको तेस्रो चम्किलो आँखा हो । जसले गर्दा आजको युगमा शिक्षा विनाको मानिस ज्ञानले अन्धो नै मानिन्छ ।’
    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, ७ भदौ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका स्थितका विद्यालयहरु मध्ये राष्ट्रिय परीक्षा वोर्ड २०८० सालमा साइ ग्लोबल माध्यमिक विद्यालय भैरहवा क्षेत्रकै उत्कृष्ट जिपिए ल्याउन सफल भएको छ ।
    २०३८ सालमा स्थापना भएको साइ ग्लोबल माध्यमिक विद्यालय हाल कक्षा नर्सरी देखि स्नातक तह सम्म संचालित छ । भैरहवा क्षेत्रका विद्यालयबाट राष्ट्रिय परीक्षा वोर्डमा सहभागि भएका विद्यालय र विद्यार्थीहरु मध्ये व्यवस्थापन र विज्ञान संकाय गरी ३९३ जना विद्यार्थी साइ ग्लोबल विद्यालयका सहभापगी भएका थिए ।


    सहभागी विद्यार्थीहरु मध्ये ३.८१ जिपिए ल्याई विपसा बस्यालले विद्यालयमा उत्कृष्ट हुनुको साथै सिद्धार्थनगर नगरपालिकाको भैरहवा क्षेत्रमा नै उत्कृष्ट भएकी हुन भने ३.७३ जिपिए ल्याएर अशोक बरई विज्ञान संकायमा उत्कृष्ट भएका छन् ।
    विद्यालयबाट सहभागि भएका विद्यार्थीहरु मध्ये १० जना विद्यार्थी ए प्लस समुहका जिपिए ल्याएका छन् भने ४९ जनाले ए समुहका जिपिए ल्याउन सफल भएका छन् ।
    विद्यालयबाट राष्ट्रिय परीक्षामा २४९ जना विद्यार्थी उर्तिण भएका छन् । विद्यालयमा प्रमाणपत्र तहमा विज्ञान र व्यवस्थापन संकाय संचालनमा रहेको प्रधानाध्यापक कौशल गौतमले बताउनुभयो । विद्यालयमा स्नातक तहमा व्यवस्थापन संकाय संचालनमा रहेको र भदौ १ गते शुक्रवार देखि भर्ना सुरु भई १८ गते सम्म हुने प्रधानाध्यापक गौतमले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.