logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा ५ दिने तालिम


    ७ भाद्र २०८० , बिहिबार

    लुम्बिनीमा ५ दिने तालिम

    साना व्यवसायीहरुलाई व्यवसाय सुरुवात तथा सुधार तालिम
    अन्जना चौहान । लुम्बिनीखबर
    लुम्बिनी, ७ भदौ । रुपन्देही जिल्लाको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर साना व्यवसायीहरुलाई व्यवसाय सुरुवात तथा सुधार तालिम कार्यक्रम सम्पन्न भएको छ ।
    न्यून आय भएका र संकटासन्न समुदायहरुको उत्थानशीलता अभिवृद्धि परियोजना अन्तर्गतका तालिम साउन ३१ गते बुधबार देखि सुरु भई भदौँ ३ गते आइतवार गरी ५ दिन सम्म वडा नम्बर ११ को मसिनामा संचालन भएको आयोजकले जनाएको छ ।
    तालिम ईस्लामीक रिलिफ यू.एस.ए ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा र विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सि.डि.एम) नेपालको आयोजनामा समापन भएको छ ।
    तालिममा प्रशिक्षक मीन बहादुर रानाले साना व्यवसायीहरुले गर्ने किनबेच र लेखाजोखा गर्न जान्नुपर्छ र आफूले बढी कसरी खर्च वचाउन सकिन्छ तथा बजार योजना कसरी तयार गर्ने भन्ने कुराको प्रशिक्षण गरेका थिए ।
    त्यसै गरी कार्यक्रममा वडा नम्बर ११ का वडाअध्यक्ष अकरामुद्दीन मुसलमानले ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा साना व्यवसायीहरुलाई व्यवसाय गर्नको लागि केही मात्रामा सहयोग गरेको छ । अगामि दिनमा पनि साना व्यवसायीको उत्थानका लागि सामग्री उपलब्ध गराउनेछ भन्दै यो संस्थाले गरेको कामको प्रशंसा समेत गरेका थिए । साना व्यवसायीहरुका लागि वडाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत वडा अध्यक्ष मुसलमानले जनाउनुभयो ।
    कार्यक्रम वडा ११ का वडा अध्यक्ष अकरामुद्दिन मुसलमान प्रमुख अतिथ्यतामा, सि.डि.एम नेपाल कर्मचारी दिनेश क्षेत्री, माया पौडेल विशिष्ट अतिथ्यतामा संचालन गरिएको थियो । कार्यक्रममा शुद्धोधन गाउँपालिका मानपकडिका प्रशिक्षक सीता चौधरी, मीन बहादुर राना लगायत २६ जना प्रशिक्षार्थीहरुको सहभागीतामा ५ दिने तालिम सम्पन्न भएको छ । सो ५ दिने तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । कार्यक्रम सि.डि.एम नेपाल रुपन्देही सामाजिक प्रचालक रामकेवल यादवको संचालन सम्पन्न भएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.