सुमन जैसवाल। लुम्बिनीखबर
सूर्यपुरा, ७ भदौ। रुपन्देहीको गैंडहवा गाउँपालिकालाई नेपाली सेनाद्वारा गैंडहवा ताल हस्तान्तरण गरिएको छ ।
गैंडहवा ताल नेपाली सेनाले राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास कार्यक्रम अन्तर्गत गैडहवा ताल पुन: निर्माण गरि नेपाली सेनाद्वारा गैंडहवा गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष किरण पौडेलको अध्यक्षता र कालि भक्ति गण (इ) भैरहवाका रथि सिताराम खड्काको प्रमुख आतिथ्यतामा गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि रथि खड्काले ताल संरक्षणले पर्यटन प्रवर्द्धन सगै जैविक विविधताले पनि बढेर जाने र यस्ता खाले ठुला जल संरक्षणले पानीको सतहलाई मात्रै नभै सिङ्गो वातावरणलाई फाइदा हुने बताउनु भएको थियो।

कार्यक्रम गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गौतम बुद्धको जन्म स्थल लुम्बिनीसंगै गाँसिएर रहेकोले गैडहवा ताललाई पर्यटन प्रबर्द्धन र प्रचार प्रसार गर्न सबै संग आग्रह गर्नु भयो ।
लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई जब सम्म गैडहवा ताल सम्म ल्याइदैन तब सम्म गैडहवाको उन्नति हुन नसक्ने हुनाले ताल संरक्षण सगै प्रबर्द्धनमा लाग्न जरुरी रहेको बताउनुभयो । सो ताल गाउँपालिका कै वडा नम्बर ४ मा अबस्थित रहेको बताउनुभयो ।

राष्ट्रिपति चुरे तराई मधेश संरक्षण विकास समितिबाट आर्थिक बर्ष २०७९/८० को स्वीकृत बजेटबाट नेपाली सेनाले पुन: निर्माणको काम गरि गैडहवा ताल संरक्षण समितिलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा गैडहवा गाउँपालिका उपाध्यक्ष माधुरी जयसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी , नेपाली सेनाका अधिकृत, वडा अध्यक्षहरु समाजसेवी लगायतको उपस्थिति रहेको थियो।