logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाको कपिलवस्तु अवलोकन एवं निरीक्षण


    ८ भाद्र २०८० , शुक्रबार

    लुम्बिनी विकास कोषका उपाध्यक्ष  लामाको कपिलवस्तु  अवलोकन एवं निरीक्षण

    लुम्बिनी । माननीय संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा. ल्हारक्याल लामाले शुक्रबार कपिलवस्तुको ऐतिहासिक एवं प्राचीन धार्मिक पर्याटकिय भग्नावशेष स्थानहरुको अवलोकन एवं निरीक्षण गर्नु भएको छ ।

    उपाध्यक्ष डा.लामा सहितको समुहले कपिलवस्तुको तिलौराकोट, कुदान, गोटीहवा, सगरहवा, जगदिसपुर, निलिहवा, अरुयरकोट, सिसनिया लगायत स्थानहरूको अबलोकन तथा निरीक्षण गर्नु भएको हो।

    उक्त स्थानको निरीक्षण पश्चात् उपाध्यक्ष डा.लामाले लुम्बिनी र आसपासका क्षेत्रहरु लुम्बिनी, कपिलवस्तु, देवदह र रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनी बुद्धिष्ट सर्किट बनाउने र यसको प्रबद्र्धन गरी अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गरि आगामी महिना देखी हजारौं धार्मिक पर्याटकहरु भित्राउन सुरु गर्ने बताएका छन् ।

    अशोकस्तम्भ मायादेवि मन्दिर, विहारखण्ड सकुर्लर लेभी, शान्तिदिप, शान्तिघण्ट, शान्तिस्तूप, फ्रेण्डसिप ब्रिज, संग्रहालय तथा लिरीआई पर्याटकमैत्री बनाउने र तत्काल माया देवी परिसरमा दर्शनार्थीलाइ दीप प्रज्वलन गर्ने व्यवस्था बनाउने समेत जानकारी अवलोकनको क्रममा दिनुभएको हो ।

    बिहीबार उपाध्यक्ष डा.लामाले भगवान् बुद्धको पवित्र अस्थिधातु रहेको ऐतिहासिक धार्मिक स्थल रामग्रामको अवलोकन एवं निरीक्षण समेत गरिसके छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.