logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सिद्धार्थनगरमा माओवादी केन्द्र “जनजनमा माओवादी” सुरु


    ९ भाद्र २०८० , शनिबार

    सिद्धार्थनगरमा माओवादी केन्द्र “जनजनमा माओवादी” सुरु

    झब्बर यादव। लुम्बिनीखबर
    भैरहवा , ९ भदौ । । ने.क.पा. माओवादी केन्द्रले संचालन गरेको त्रिमासिक अभियान “ जनतासंग माओवादी, घर घरमा माओवादी, जनजनमा माओवादी” को अभियान शनिवारबाट भैरहवा सुरु भएको छ ।
    कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य तथा प्रमुख अतिथि गोविन्द पंगेनीले पार्टीले बनाएको त्रिमासिक योजनालाई कसरी पूर्ण रुपले सफल पर्न सकिन्छ भन्ने विषयमा आफनो विचार राखेका थिए । पङ्गेनीले भने –“ जनतासंग माओवादी, घर घरमा माओवादी, जनजनमा माओवादी भन्ने अभियानमा आत्मसात गरेर लैजान पर्ने छ । यसमा सबैले जुटन जरुरी छ ।” यस बैठकमा चयन भएका सदस्यहरुले आआफनो व्यक्तिगत स्वार्थलाई त्यागेर पार्टीको सदस्यता लिएका व्यक्तिहरुको छोडने कारण बुझी आफूले सुझाँव दिन जरुरी रहेको बताएका थिए ।


    पंगनीले माओवादी किन रोज्ने भन्ने वारेमा बुझाउन जरुरी रहेको बताएका थिए । कमिटीमा चयन भएका सदस्यहरुले आआफनो टोलटोलमा पुराना साथीलाई भेटघाट, महिला भेला, सामाजिकिकरणमा जोडन, सामाजिक संस्थामा सहभागी हुन जस्ता कार्यहरु गर्ने प्रदेश कमिटि सदस्य पंगनीले जानकारी गराएका थिए ।
    कार्यक्रममा नगर कोषाध्यक्ष तथा कार्यक्रमका विशिष्ट अतिथि डम्बर बहादुर खत्रीले पार्टीले ल्याएको ३ महिने अभियान तथा नीति निर्देशनलाई सबैले आआफनो तहबाट सबै वर्ग, क्षेत्रका मानिसहरुलाई सहभागी गरेर कमिटी बनाई अगाडि बढेमा अवश्य नै सफल हुने बताएका थिए । हिजो गर्न सकेको वा नसकेको काम अब वडा वडामा पुगेर गर्नु पर्ने बताएका थिए । पार्टीमा कसरी सहभागी गराउने, पार्टीको विशेषता के हो जानकारी गराउन आवश्यक रहेको बताएको थिए ।


    कार्यक्रममा अखिल क्रान्तिकारी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्यामपसका अध्यक्ष तथा कार्यक्रमका अतिथि मानिस ढकालले क्याम्पसमा आफूले गरेको कार्यहरुलाई जानकारी गराउदै अगामि दिनमा पनि आफूले अझै गुणस्तरीय कार्य गर्ने बताएका थिए । कार्यक्रममा अतिथि रोशन ले पार्टीलाई सघाउने योजना बनाई कार्य गर्नु पर्छ । बैठकमा बोलाएर भाषण गर्नु भन्दा सामाजिक कार्यहरु गर्न जरुरी रहेको बताएका थिए । अघिल्ला नेताहरुले गरेका कार्यहरु सुनाएर हुँदैन अहिले गरेर देखाउन जरुरी रहेका बताएका थिए । सामाजिक कार्य गरेमा स्वतः सबैले हेर्न पाउँछन् । अब हामीले लिएर अगाडि बढनुपर्ने बताएका थिए । मानिसलाई कसरी आफनो पार्टीमा प्रवेश गराउन सकिन्छ जस्ता कुरा विचार गर्न जरुरी रहेको बताएका थिए ।
    कार्यक्रममा शर्मिला क्षेत्रीले सामाजिक कार्य गर्नु भनेको एकदमै राम्रो काम हो । तर सबै भन्दा बढी किसानहरुलाई प्राथमिकतामा राखेर काम गर्न जरुरी छ । क्षेत्रीले विभिन्न किसिमका उदाहरण दिई किसानले दुःख गरेर उब्जाएको अन्यवाली उचित मुल्य नपाउदाँ कृषकहरु निराश भएको कुरामा पहल गर्नु पर्ने बताएकी थिइन् । त्यस पछि दास्रो प्राथमिकतामा स्वास्थ्य र शिक्षालाई लिएर विभिन्न कार्य गर्नु पर्ने सुझाएकी थिइन् ।
    कार्यक्रम वडा नम्बर १२ को २९ सदस्यीय वडा कमिटी गठन भएको थियो । सो कमिटीका संयोजक शर्मिला क्षेत्री, सचिवमा गणेश चालिसे, सदस्यमा विष्णु शाह, गोविन्द खनाल, शोभा ढकाल, संगिता परियार, संगिता मगर, मिना चौधरी, सिताा चौधरी, कैलाशपति चौधरी लगायत २९ सदस्यीय कमिटी गठन भएको थियो ।
    सो कार्यक्रम वडा उपाध्यक्ष संजय हरिजनको अध्यक्षतामा र दिलिप प्रजापतिको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.