logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृष्णनगरमा माओवादीको विशेष तैयारी


    १२ भाद्र २०८० , मंगलबार

    कृष्णनगरमा माओवादीको विशेष तैयारी

    शहबाज खाँन । लुम्बिनीखबर
    कृष्णनगर, ११ भदौ । नेकपा माओवादीले भदौ १६ गतेदेखि नेपाल भरिमा तीन महिने जनतासंग माओबादी विशेष रूपान्तरण अभियानको घोषणा गरे लगत्तै वडा देखि केन्द्र सम्माका नेता तथा कार्यकर्ता जनतासंग माओवादी विशेष रुपान्तरण कार्यक्रमलाई भव्य सफ़ल बनाउने तैयारीमा लागेका छन।

    कपिलवस्तुको कृष्णनगर‌ नगरपालिकामा नेकपा माओवादी केन्द्रका स्थायी समिती सदस्य तथा पुर्वमंत्री महेश्वर जंग गहतराज , नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार एहसान खां लुम्बिनी प्रदेश समिती कोषाध्यक्ष निर्दोष अली मियां, लुम्बिनी प्रदेश समिती सदस्य तथा लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहुद खां नेपाली, कपिलवस्तु जिल्ला संयोजक‌ बिष्णु बेल्बासेले आज कृष्णनगर नगरसमिती तथा वडा समितीका पदाधिकारीहरु संग बैठक बसि जनतासंग माओवादी बिशेष रुपांतरण अभियान कार्यक्रम कपिलवस्तु ‌जिल्लामा भव्य सफ़ल बनाउनको लागि वृहत छलफल गरेका छन।

    पुर्वमंत्री महेश्वर जंग गहतराजको निर्देशन तथा कृष्णनगर नगरईन्चार्ज मौलाना‌ मशहुद खां‌ नेपाली र नगरसमिती अध्यक्ष जावेद आलम खां‌ को नेतृत्वमा कृष्णनगर नगरपालिकाको १२वटै वडामा भदौ १६‌ गते एकसाथ कार्यक्रमको उद्घाटन गर्नाको लागि सम्बन्धित ‌वडा तथा नगरका पदाधिकारीहरुलाई जिम्मेवारी बाडफाड गरिएको कृष्णनगर नगरसमिती सचिव गणेश प्रसाद बन्जाडेले बताएका छन।

    साथै भदौ १२ गते बुटवलमा हुन गई रहेको समाजवादी मोर्चा कार्यक्रम नेकपा माओवादीका पदाधिकारीहरु उपस्थिति भइ कार्यक्रमलाई सफल बनाउनाको लागि लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष ‌तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश‌ समिती सदस्य मौलाना‌ मशहुद खां‌ नेपालीले आग्रह समेत गरेका छन।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.