अन्जना चौहान। लुम्बिनीखबर
लुम्बिनी, १२ भदौ । लुम्बिनीबाट कपिलवस्तु जाने क्रममा बा४च२७२७ को कारमा एक्कासी आगो लागकोे छ ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ मा पर्ने महादेवको कोठिनदी बीस क्याम्पको अगाडि कारमा आगो लागेको छ । कारको वाईरिङ्ग सट भई एक्यासी आगलागि भएको हो ।
सो आगलागि भएका कारमा भएका दुई जना सवारी चालकहरु सकुसल रहेको र आगडिको भाग जलेर नष्ट भएको छ।