logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नेकापा एमाले प्रथम अधिबेशन बुटवलमा


    १२ भाद्र २०८० , मंगलबार

    नेकापा एमाले प्रथम अधिबेशन बुटवलमा

    अन्जना चौहान। लुम्बिनीखबर
    लुम्बिनी, १२ भदौ । लुम्बिनी प्रदेशको नेकापा एमाले प्रथम अधिबेशन बुटवलमा आयोजना हुन गईरहेको छ ।
    सो अधिवेशन भदौ १६र १७ गते गरी दुई दिन हुने छ । प्रथम अधिवेशनका लागि प्रतिनिधि छनौट सुरु भएको छ।
    शनिवार प्रदेशका सबै पालिकाहरुमा प्रतिनिधि छनौट लागि नेकापा एमालेले लुम्बिनी साँस्कृतिक नगरपालिकामा २ सय २४ जना क्रियाशिल सदस्यले प्रतिनिधि छनौट गर्ने कार्य सुरु गरेको छ।
    नेकापा एमाले लुम्बिनी साँस्कृतिक नगरपालिका ईन्चार्ज सवित्रा आर्याल नगर कमिटी अध्यक्ष निसार अहमदको अध्यक्षता निर्वाचन समिति संयोजक टिका कुमारी कटेलको समयोजकत्वमा प्रतिनिधि छनौट भएका छन् ।
    जसमा खुल्ला प्रतिस्पर्धाबाट निवार्चित कमरेड अब्दुल रहमान मुसलमान, दलित महिला तर्फ कमरेड कल्पना हरिजन, महिला तर्फ सहिदुन निशा अन्सारी निर्विरोध भएका छन् ।
    लुम्बिनी साँस्कृतिक नगरपालिकाले नेकापा एमाले लुम्बिनी प्रदेश कमिटी प्रथम अधिवेशनमा छनौट भएका प्रतिनिधिहरुलाई अध्यक्ष अहमदले स्वागत बधाई तथा शुभकामना दिदै निर्वाचन संयोजक कटेलले प्रतिनिधि छनौट निष्पक्ष र मर्यादित रुपले सम्पन्न गरी छनौट भएका प्रतिनिधिहरुलाई टिका तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरी निर्वाचन समापन भएको घोषण समेत गर्नुभएको थियो।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.