logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कालो सिसा आंतकले बढाएको सुरक्षा चुनौती


    १४ भाद्र २०८० , बिहिबार

    कालो सिसा आंतकले बढाएको सुरक्षा चुनौती

    कमल रायमाझी
    भैरहवा,१४ भदौ । लुम्बिनी प्रदेशमा कालो सिसावाला सवारी साधनको प्रयोग व्यापकरुपमा हुने गरेको छ । धेरै जसो सवारी साधनमा कालो स्टिकर टास्ने प्रचलन बढदै गएपछि सुरक्षा चुनौती पनि थपिएको सुरक्षा विशेषज्ञहरु चिन्ता व्यक्त गर्दछन् । सरकारी तथा नीजि सवारी साधनमा कालो स्टिकर टाँसेर कानुनको दुरुपयोग हुनेगरेको जनगुनासाहरु प्रशस्त हुनेगरेका छन् । तर कार्वाही गर्ने निकायहरु भने मौन देखिन्छन् । लुम्बिनी प्रदेशमा प्राय सवै जिल्लामा कालो स्टिकर प्रयोग गर्ने सवारी साधनहरु दर्जनौँ भएपनि कारबाही गरेको सुचना ट्राफिक प्रहरीले दिन सकेका छैन । ट्राफिक प्रहरीले कानुन विपरित स्टिकर प्रयोग गर्ने सवारी साधनहरुलाई निगरानी तथा कारबाहीको प्रकृया समेत गर्न नसक्नु दुर्भाग्य बनेको छ । कालो सिसा भएका सवारी साधनभित्र बाहिरबाट हेर्दा केही पनि देखिदैन । सवारी साधन भित्र हुने कुनै पनि अपराधिक गतिविधि तथा कानुनले निषेध गरेका धन्दाहरु हुने गरेको अपराध अनुसन्धानमा कामगर्ने अधिकृतहरु बताउँछन् । कालो सिसा भएका सवारी साधनमा अवैध सामान ओसारपसार, अपहरण, बलात्कार अनैतिक कृयाक्लाव हुनेगरेका घटनाहरु आउने गरेपनि न्यूनिकरणका लागि प्रहरीले कुनै पहल गर्न नसकेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले सवारी साधनको सीसामा कालो स्टिकर लगाउदा सवारी साधन भित्रका गतिविधिहरु सुरक्षाकर्मीहरुले नदेख्ने भएकाले अपराधिक कृयाक्लावहरु हुनसक्ने बताउछँन । बाहिरबाट हेर्दा भित्रका गतिविधि नदेखिने गरि लगाएका स्टिकरहरु कानुन विपरित भएकाले ट्राफिक प्रहरीलाई अनुगमन र कारबाहीको लागि निर्देशन गरिने प्रदेश प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद प्रसाईले ट्राफिक नियम विपरित सिसामा कालो स्टिकरको प्रयोग सवारी साधनमा बढ्दो रहेको स्विकारदै नियम अनुसार कारबाहीको प्रकृया अगाडि बढाईने बताउनुभयो । कम्पनीबाटै कालो सिसा प्रयोग भएर आएका सवारी साधनहरुमा व्यवहारिक रुपमा कारबाही गर्न गाह्रो भएको जनाउदै प्रहरी उपरिक्षक प्रसाईले अन्य सवारी साधनको हकमा निगरानी, अनुगमन र कारबाहीलाई तिव्रता दिने जानकारी दिनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक होम बहादुर थापाले कालो सिसा प्रयोग भएका सवारी साधनहरु राज्यका उच्च तहका अति–विशिष्ट व्यक्तिहरुले प्रयोग गर्न पाउने ट्राफिक नियम रहेको भन्दै अन्य सवारी साधनहरुमा कानुन विपरित कालो स्टिकर प्रयोग गरिएको बताउनुभयो । उहाँले कानुन विपरित सवारी साधनमा कालो स्टिकर हटाउन ट्राफिक प्रहरीको निर्देशन रहेको भन्दै न्यूनिकरणका लागि सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
    सवारी साधनमा कालो स्टिकर प्रयोग अति विशिष्ट र विशिष्ट व्यक्तिहरुले मात्र गर्न सक्ने भन्दै सर्वोच्च अदालतले समेत अन्य व्यक्तिहरुले सवारी साधनमा कालो स्टिकर प्रयोगमा रोक लगाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवटले जनाएको छ । पछिल्लो समय कालो स्टिकरको प्रयोग नीजि तथा प्राय सरकारी सवारी साधनमा हुनेगरेको छ । जुन कानुन विपरित हो । यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले कडा कारबाही गर्न आवश्यक रहेको आम मानिसहरुको माग रहेका छ । राजनीतिक प्रभाव भएका मानिस र शक्ती केन्द्रको नजिक रहेको व्यक्तिहरु यस्ता गतिविधिहरु संलग्न हुने भएकाले यसको न्यूनिकरणका लागि सवैले पहल गर्नुपर्ने हुन्छ ।
    कानुनले अति विशिष्ट र विशिष्ट व्यक्ति चढेने सवारीमा मै कालो सिसा राख्न पाईने प्रावधान गरेकाले अन्यका हकमा कानुन अनुसार ट्राफिक नियमको कायान्वयन गर्न सरोकारवालाहरुले माग गरेका छन् । प्रहरीको खोजी सूचीमा भएका व्यक्तिहरु समेत कालो सिसाको प्रयोग भएका सवारी साधन भएका सवारी साधन प्रयोग गरेर भाग्न सक्ने भएकाले यो रोक्न पर्ने कानुनका जानकारहरु बताउँछन् । कालो सिसा प्रयोग गरेका सवारीलाई स्वरुप परिवर्तन गरेको मान्नुपर्ने कानुन व्यवसायीको तर्क रहेको छ । ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारी साधनलाई कानुन अनुसार जरिवाना समेत गर्न सक्दछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.