logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    अन्त्य गरौँ लुटतन्त्र


    १४ भाद्र २०८० , बिहिबार

    अन्त्य गरौँ लुटतन्त्र

    नेपालमा कर्मचारीतन्त्र, दलाल, माफिया र तस्करको मिलोमतोले गर्दा अबैद्ध धन्दा संस्थागत बनेको छ । सरकारी समन्यत्रको संरक्षण र मिलोमतोमा हुने यस्ता धन्दाहरु रोक्नका लागि राज्य पुर्णतया विफल देखिन्छ । राज्यका सवै निकायमा अबैद्ध धन्दा चलाउनेहरुको सेटिङ कसिलो हुँदा इमान्दार मान्छेहरु ओझेलमा परेका छन् । धन्दावालको चङगुलमा राजनीतिक नेतृत्व पनि डुबेको अनुमान लगाउन सकिन्छ । नेपालमा मानिसहरुमा देखिएको चरम आर्थिक मोहले गर्दा भ्रष्ट्रचार तथा तस्करीले प्रश्रय पाएको छ । सबैलाई छिटो पैसा कमाउने चाहाना बढ्दै जादा यस्ता लुटतन्त्रको विकास तिब्ररुपमा भएको छ । देशको धेरै निकायमा काम गर्ने मानिसहरु नै कमिसन तथा भ्रष्ट्रचार संग जोडिदा विकास र समृद्धिको यात्रा कल्पना मात्र बनेको छ । कर्मचारीमा कमाउ धन्दा, राजनीतिमा भ्रष्ट्रचारतन्त्र व्यापक भएपछि नेपालमा कानुनी राज्यको परिकल्पना कल्पनामा मात्र सिमित देखिएको हो । समाजको विकास गर्नका लागि खोलिएको संघसंस्थाहरु समेत नाफाखोरी र कमिसनतन्त्रको भुमरीमा परेपछि देशले खोजेको र जनताले चाहेको विकास हुन कठिन भएको छ । समाजमा इमानदारीता गुमाएका, चोर, तस्कर र फटाहाहरुको राजनीतिमा हालिमुहाली हुनु तथा कर्मचारीमा पैसा नै कमाउने सोचको विकासले पनि नेपालले चाहे जस्तो समृद्ध योजना आगाडि बढाउन नसकेको हो । संसारभरका देशहरु सिस्टममा चलेका हुन्छन् । नेपालमा भने कमिसन, तस्कर र भ्रष्ट्रचार गर्नेहरु राजनीतिक दलको नेता तथा कर्मचारी भेटिन मुस्किल भएको छ । यस्तै पछिल्लो घटना भैरहवा भन्सार कार्यालयमा घटेको छ । यहाँका कर्मचारी तथा व्यापारी र भन्सार एजेण्डको मिलोमतोमा करोडौ मूल्य भन्सार ठगी हुने गरेका तथ्य बाहिर आएको छ । भारत तथा तेस्रो मूलुकबाट भित्रिने मालवाहक कन्टेनरलाई कम भन्सार मूल्याङ्कन गरेर वा बहुमुल्य बस्तुहरुलाई कममूल्यका बस्तुहरुको प्रज्ञापन पत्र तयार गर्ने गरेको देखिन्छ । यसरी राज्यलाई दैनिक रुपमा करोडौ ठगी धन्दा गर्ने काम भैरहेको छ । यस्तो काम हुँदा पनि नेपालको सरकार जानाकारी नभएजस्तो गरि चुपचाप देखिन्छ । तल्लो तहका केही मानिसहरुलाई कारबाही गरेजस्तो गरेर र मुख्य तस्कर तथा तस्करीमा मिलोमतो भएका कर्मचारीलाई संरक्षण गर्ने काम भैरहवा भन्सार कार्यालयमा भैरहेको छ । यो विगत वर्ष देखि चलिआएको प्रचलन पनि हो । यस्तो धन्दाको पोल तस्करहरुको आपसी झैझगडा हुँदा वाहिर आउने गरेपनि उनीहरुको मिलोमतोमा भने चुपचाप हुने गरेको छ । यस्ता भ्रष्टलाई कारबाही गर्ने समन्यत्र नेपालमा तयार नहँुदा सम्म व्यक्तिले गलत धन्दा चलाई रहने र देश सधै गरिब हुने परिपाटी भैरहने छ । यहाँको सरकारी समयन्त्र इमानदार नहँुदा सम्म देशको अर्थतन्त्र सधै ओरालो मार्गमा दौडिने छ । यसको निराकरणका लागि राज्य निर्ममरुपमा प्रस्तुत हुन जरुरी छ । जसले देश र जनतालाई आघात पुराउने काम गर्छ । उसलाई कडा कारबाहीको दायरमा ल्याउनु पर्ने छ । राम्रा काम गर्नेहरुलाई पुरस्कृत गर्न जरुरी देखिन्छ । पद्धतीमा चल्ने देशहरुमा यस्ता भ्रष्ट्रचार तथा तस्करहरु निकै कमजोर देखिन्छन् । नेपालमा भने इमानदार मानिस सधै दलाल तथा तस्कर र भ्रष्ट्रचारी संग डराउनुपर्ने अवस्था छ । देशलाई पद्धतीतन्त्रमा चलायमान गराउनका लागि गलत गर्नेलाई कानुनी दायरामा ल्याउनु पर्दछ । देश र नेपाली जनतालाई घात पुराउने जोसुकैलाई कठोर सजायको व्यवस्था गर्न आवश्यक छ । त्यसैले देशमा भैरहेको लुटतन्त्रको अन्त्य गर्न राष्ट्रबादी शक्ती एक स्थानमा हुनु जरुरी छ । नेपालमा विकास र विस्तारका साथै जनताको जीवनस्तर सुधारका लागि गतल धन्दा चलाउनेहरुको व्यापार बन्द गर्न राज्यले सक्नु पर्दछ । शिक्षा, स्वास्थ्य, रोजगारको ग्यारेन्टी राज्यले गर्नु अहिलेको माग हो । विदेशमा जाने नेपालीहरुलाई स्वदेशमा चलायमान गराउनु नेपालको कर्तव्य हो । त्यसैले लुटतन्त्रमा सहभागी सबैलाई कारबाही दायरामा ल्याउ र इमानदार लाई काम गर्ने अवसर प्रदान गरौँ । देशमा केही व्यक्ति र संस्थाले चलाएका यस्ता लुटतन्त्रको अन्त्य गरौँ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.