असलम खान
मर्चवार, १५ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकामा प्रतापपुर गाउँपालिका बाट सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृतलाई मर्चवारी गाउँपालिकाको कार्यालयमा स्वागत गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच विगत १८ महिना प्रतापपुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सेवा दिएर मर्चवारी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेलाई स्वागत गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले सरुवा भई आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई स्थानीय तहबारे धेरै अनुभवरहेकोले काम गर्न थप सजिलो हुने अध्यक्ष बरईले बताए । जनताको हितमा काम गर्नलाई आएको समाजले दिएको जिम्मेवारी पुरा गर्न कर्मचारी तथा जनप्रतिनिधिहरु एक रथका दुई पांग्रा रहेको भन्दै विकासको लक्ष्य प्राप्त गर्न दुबैपांग्रा संगसंगै हिडनुपर्ने बताए । कार्यक्रममा बोल्दै प्रतापपुर गाउँपालिकाबाट सरुवा भई मर्चवारी गाउँपालिकामा आएका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले अहिले सम्म भएको कामहरुमा हुनेगरेको त्रुटीहरुलाई सच्याएर थप ब्यवस्थित तरिकाले काम गर्ने बताए ।

यस अघि सेवा दिएका मिनप्रसाद भट्टराईलाई सहयोग गरेका हरेक पक्षबाट आफुपनि सहयोगको अपेक्षा राखेको उनले बताए । आफ्नो ब्यक्तिगत भन्दा ऐन नियमलाई टेकेर काम गर्न मानसिकता बनाउनुपर्ने बताए। मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य स्वास्थ्य शाखा प्रमुख फेकन शाहले राखेका थिए भने कार्यक्रम संचालन प्रोसोत्म घिमिरेले गरेका थिए ।