ज्ञानेश्वर सहानी । लुम्बिनीखबर
नवलपरासी, १६ भदौ । पश्चिम नवलपरासीको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेको जिल्लामा एक बर्ष पुरा भएको छ । अघिल्लो बर्षको असारमा नवलपरासीको नायब उपरीक्षक भएर आएका पाण्डेको जिल्लमा एक बर्ष पुरा भएको हो ।
एक बर्ष पुरा भएर नवलपरासीबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ सरुवा भई लग्नु भएका नायब उपरीक्षक (डिएसपी) पाण्डेले जिल्लामा जनताले अनुभुति हुने गरी के के काम गर्नुभयो भनेर हामीले सोधेका छौँ । पहिलो काम सिमा क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि सुरक्षित नवलपरासी अभियान सुरु गरिएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासीले सुरक्षित नवलपरासीका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरि काम गरेको थियो । जसका लागि सुरक्षित र अपराधरहीत नवलपरासीका लागि विभिन्न उच्च अपराधको प्राथमिकीकरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक (डिएसपी) भोजराज पाण्डेयका अनुसार मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना बनाएको थियो । डिएसपीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषध विरुद्ध सचेतना फैलाउने कार्यक्रम पनि गर्नु भएको छन् ।
दोस्रो काम जिल्ला भित्र एक महिनामै मनसुन सुरु भयो । मनसुन संगै आएको बर्षाका कारण जिल्लाका बिभिन्न ठाँउमा बाढी पहिराले ठुलो धनजनको क्षति गर्यो । ती घट्नाहरुमा परेका नागरिकको यकिन गरी उद्धार गर्नु पर्ने जिम्मेवारी थियो । हाम्रो जिम्मेवारी निर्वाह गर्ने क्रममा म आफै तुर्माखाँद लगायतका ठाँउमा गएर पहिरोमा परेर मृत्यु भएका तथा घाईतेको उद्धार गर्ने काम सफतापूर्वक गरेका थियौँ।तेस्रो काम यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गरेको बताए । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना कार्यक्रम चलाएको छन ।
यसैगरी महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएर प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने काम छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी अन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने बिधालयहरुमा सचेतना कक्षा चलाउनु भएको छ।
चौथो काम ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको पाण्डेले बताएका छन् । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको पाण्डेय बताउँछन् । आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिका विरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा रहेकोले सचेतना कार्यक्रम गरेको छन । शान्तिपूर्ण रुपमा प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न ।
स्थानिय तह निर्वाचनका बेला नवलपरासी जिल्लाका बिभिन्न ठाँउमा झपड लगायतका केही अप्रिय घट्ना हुन पुगे । प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन त्यस्ता घट्ना नदोहोरिन दिनु नै मुख्य चुनौती हाम्रो सामु थियो । त्यसका लागि जिल्लाका सबै ठाँउमा प्रहरी परिचालन गरि निर्भय तथा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन हामी सफल भएका थियौँ । छिटफुट् बाहेक जिल्लामा कुनै अप्रिय घट्ना नभई निर्वाचन सम्पन्न हुनु नै उपलब्धी हो ।एक बर्षको अवधिमा नवलपरासी जिल्लाको सम्रग शान्ति सुरक्षालाई मजबुत बनाउदैँ जनतालाई प्रत्याभुत हुने गरी काम भएको डिएसपी पाण्डेले बताए । लागु औषध दुव्र्यसनी, चोरी पैठारी, घरेलु हिंसा, महिला हिंसा रोक्न र हुन नदिन समेत उल्लेखनिय काम भएको उनले बताए ।
यस्तै आम नागरिक र प्रहरी बिचको सम्बन्ध समुधुर बनाउनु पर्छ भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीले समुदाय प्रहरी साझेदारी अभियानलाई जिल्लाभरमा निरन्तर लागु गरिएको उनले बताए । यस्तै जिल्ला प्रहरी कार्यालय नवलपरासीले घरेलु हिंसा पिडितसंग घरदैलो कार्यक्रम समेत गरेर उनिहरुलाई शान्तिपुर्ण तवरले बस्ने वातावरणको समेत प्रत्याभुत दिलाएको डिएसपी पाण्डेले बताए ।