भैरहवाको पत्रकारितामा लुम्बिनीखबर पत्रिकाको इतिहास गर्बिलो छ । सामाजिक रुपान्तरण, समानता र न्यायको क्षेत्रमा यो पत्रिकाले महत्वपूर्ण भुमिका खेलेको छ । नेपालको पत्रकारितामा उत्कृष्ट, जनमुखी र जनप्रिय यो पत्रिकाले आफ्नो स्थापनाको १२ औँ वसन्त पुरा गरि आज १३ वर्ष प्रवेष गरेको छ । विभिन्न समस्या र जोखिमको सामाना गर्दै आज सम्म यो पत्रिकाले खेलेको भुमिकाले समाजलाई न्याय गरेको देखिन्छ । गरिब, दुःखी, असाहय र समानताको क्षेत्रमा सधै अग्रमोर्चा रहेर काम गरिरहेको पत्रिकाको टिमले यसक्षेत्रको विकास र समृद्धिलाई अगाडी बढाउनका लागि सकारात्मक भुमिका खेलेको छ । पत्रिकालाई निरन्तर यहाँ सम्म ल्याइपुराउनका लागि सञ्चालक,व्यवस्थापन टिम,पाठक तथा सर्जक, पत्रकारहरु र विज्ञापनदाताहरुको सधै स्नेह र सहयोग रहेको छ । नेपालको संविधान २०७२ को कार्यान्वयन र समाज परिवर्तनलाई संस्थागत गर्नका लागि पत्रिकाले सधै सकारात्मक भुमिका खेलेको छ । गणतन्त्र र संघीयता पक्षमा कलम चलाउदै आएको यो पत्रिकाले समाजमा पछाडी परेका दलित, मुस्लिम, जनजाती, मधेसी र महिलाको पक्षमा सधै गहकिलो योगदान दिन सक्षम भएको छ । विगत र वर्तमान भन्दा भविष्यलाई अझ सुनौलो बनाउने जिम्मेवारीबोधका साथ पत्रिकाले आगामी दिनमा आफ्नो जिम्मवारी पुरागर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौँ । पत्रकारिता क्षेत्र समाजको ऐनाको रुपमा व्याख्या गर्ने गरिएको छ । सुचना र सञ्चारको साधनको रुपमा रहेको पत्रकारितामा दक्षता र उत्कृष्टतालाई समाजले सम्मान गर्ने गरेको देखिन्छ । लुम्बिनीखबर पत्रिकाले पनि प्रभावकारिता र जिम्मेवारबोधको साथ आफ्नो प्रकाशनलाई निरन्तरता दिएको छ । यो पत्रिकाको निरन्तरताले सरकार तथा जनताका सन्देशहरुलाई उत्पादन र वितरणलाई प्राथामिकतामा राख्दै आमजनतालाई सूचना प्रदान गर्दै आएको छ । साथै कुनै निकायबाट हुदै गतल कार्यको खबरदारी गर्ने गरेको पनि छ । हामी अहिले संघिय लोकतान्त्रिक गणतन्त्रमा छौ । नेपालको संविधानले परिल्पना गरेअनुरुप शासन व्यवस्था सञ्चालन भइरहेको छ । शासन व्यवस्था भित्र रहेका कार्यपालिका, व्यवस्थापिक र न्यायपालिका संग चौथो अंगको रुपमा प्रेस अर्थात पत्रकारिता देखिन्छ । राज्यको अंगको रुपमा विकास भएको पत्रकारिताको माध्यामबाट समाजको विकासमा लुम्बिनीखवर पत्रिकाले सधै महत्वपुर्ण कार्य गर्दै आएको छ । २०६८ भदौ १८ गते १० जना युवाहरुको समुहले शुरु गरेको यो पत्रिका आज ठुलो सञ्चार गृहको रुपमा विकास भएको छ । १३ औँ वर्ष प्रवेशको अवसरमा पत्रिकाले विगतलाई मुल्याङ्कन गर्दे आगामी दिनमा थप जिम्मेवारका साथ काम गर्ने छ । आममानिसको पक्षमा सधै वकालत गर्ने यो पत्रिका समाजको विकास र सकारात्मक दृष्टिकोणका साथ सधै संग सहकार्य गर्दै अगाडि बढ्ने छ । लुम्बिनीखवर पत्रिको टिम वर्क सधै अब्बल रहँदै आएको छ । आगामी दिनमा थप निखार र सशक्त बन्ने विश्वास दिलाउन चाहान्छौँ । पत्रिकाको १२ औँ वर्ष पुरा गर्नु एउटा महत्वपुर्ण कालखण्ड हो । विभिन्न अनलाईन तथा टेलिभिजनको विकासक्रम बढे पनि छापामाध्यम नै अहिले पनि मूलधारको सञ्चार माध्यामको रुपमा संस्थागत भएको छ । समाजका प्रत्येक तहमा सञ्चारको प्रमाणका रुपमा छापा पत्रिका महत्वपूर्ण माध्याम पनि हो । यसैलाई मध्य नजर गरेर हामीेले आगामी दिनमा गुणस्तरिय र जनपत्रकारिताका माध्यामबाट विकास र समृद्धिलाई प्राथामिकतामा राखेर पत्रकारिता गर्ने छौँ । लुम्बिनीखबरलाई पनि जनताको आवाजको रुपमा विकास गर्दै लैजाने प्रणय गर्दछौँ । यो पत्रिका समाजको ऐनाका साथै जनताको पक्षमा संगै रहेर पत्रकारिता गर्ने पनि जानकारी गराउन चाहान्छौ । पत्रिकाको १२ औँ वार्षिक उत्सव संगै आगामी दिनलाई अझ राज्यको पतिपक्षको भुमिका रहेर पत्रकारिता गरिने छ । पत्रकारिताको माध्यामबाट समाजमा रहेका कुसस्कार र कुरितीको अन्त्यका लागि हाम्रो अभियान निरन्तर रहने छ । नेपाली समाजको विकास र विस्तारलाई अगाडी बढाउन सवै पक्ष संग सहकार्य र सरोकार हामीले राख्ने छौँ ।