संक्षिप्त जानकारी
रोहिणी, १९ भदौ । उत्खनन पुरातत्वविद शिलालेख, अभिलेख, पौराणिक ग्रन्थ, हिन्दु महाकाव्य, भारतीय साहित्य, गरुण पुराण, हरिवंश पुराण, विष्णु पुराण, भागवद पुराणमा यादव शाब्दिक अर्थ राजा यदुका सन्तान एक पौराणिक समुदाय थियो । राजा यदुबाट उल्लेखित प्रमाणमा उद्भव वा उत्पत्ति भएको मानिन्छ । प्रमाण अनुसार यी समुदायमा चार कुल रहेका छन् । अभिर, अन्धक, वृष्णि र सत्वत उनीहरुलाई पौराणिक ग्रन्थमा यदुवंशी कुल बताइएको छ । यदुवंशी क्षत्रीय मूलतः अहिर थिए । राजा यदुको ज्येष्ठ पुत्र सहस्रजीत बाट हैहय कुल तथा अन्य सबै यादव कुलहरु जस्तै छेदि राज्य, विदर्भ राज्य, सत्वत अन्धक, विष्णि, र शैन्य कुलहरुको निर्माण यदुका कान्छा पुत्र क्रोष्टबाट भएको थियो । परम्परागतको हिसाबले यादवको मुख्य पेशा पशुपालन रहेको वेदवेन्दतामा उल्लेख रहेको इतिहासकारहरुले उल्लेख गरेका छन् ।
यादव आन्दोलनको माध्यमबाट आफ्नो सामाजिक प्रतिष्ठा सुधार्नको लागि काम शुभराम्भ गरेका थिए । प्रष्ठित पेशा वा व्यवसायमा अग्रसर भई राजनीतिक क्षेत्रमा सहभागिता रहेको नेपाल भारतको राज्य व्यवस्थामा सहभागि रहेको तथ्याङ्कले देखाएको छ । यादव शब्द व्यापक शब्द हो । नेपालको भिविन्न जिल्ला र भारतको विभिन्त प्रान्तको नामबाट बुझ्न सकिन्छ । कुनै ठाउँमा गौपाल, महेशपाल, ग्वाला, यादव, अहिर लगायतका २० औँ उपजाती रहेको पौराणिक ग्रन्थमा उल्लेख रहेको छ । यादव समुदाय समय अनुसार शैक्षिक क्षेत्र, कला, प्रशासनिक सेवा, खेल, साहित्य, सञ्चार जगत, राजनीतिज्ञ क्षेत्र, स्थानीय लोक सांस्कृतिक, लोक गीत (विरह) लोरीकायन, आल्हा, (कुस्ति दङल) समेतमा सहभागी रहेका जानकारहरु बताउछन् । यादवको संख्यात्मक हिसाबले नेपाल, भारत, माँरीशसमा रहेको इतिहासविद्ले बताउछन् । फाटफुट विभिन्न देशमा बसोबास रहेको गोपाल सेवा समिति जिल्ला शाखा रुपन्देहीको अध्यक्ष भथरी यादवले जनाएका छन् । यादव जाती नेपालमा राज्य व्यवस्था सञ्चालन गरेको नेपालको पहिलो राजा धर्मकार भुक्तमान अर्थात गोपाल वंश, अहिर वंश समेतले राजाका रुपमा राज्य गरेको नेपालको पाठ्यक्रम समेतमा उल्लेख रहेको शिक्षाविद् रामबली यादवको भनाई रहेको छ । भारत देशमा पनि राज्य गरेको इतिहास पाउन सकिन्छ ।
यदुवंश यादव जाती पराकर्मी, सुर, निडर, बलवान कै कारण प्राचिनकालमा सैनको जिम्मेवारी सेनापत्तिको दर्जा समेत पाएका पौराणिक ग्रन्थहरुमा उल्लेख रहेको तथ्य मिल्छ । अहिर यादव जातीको बहादुरी र बीरतालाई मध्यनजर गर्दै सन १९६२ मा भारत चीनकोबीचमा युद्ध भइरहेको अवस्थामा १३ कुमाउ रेजिमेन्ट अहिर यादवको नेतृत्वमा मोर्चाको अग्रपङत्तिमा रही आदभूत, अल्पकालनीय, प्रदर्शन, दुष्मनको जबाफ दिएका प्रमाणहरु रहेको छ । यादव अहिरको बलिदानी र साहस बीरता, अदभूत, अल्पकानीय र दुष्मनसँगको कडा जबाफ र प्रदर्शनलाई चिन्तन मनन गरेर युद्धविन्दुमा स्मारकको नाम अहिर धामको नामबाट नामकरण भएको सहजै बुझ्न सकिन्छ ।
हिन्दु समाजमा गोत्रलाई धेरै महत्व रहेको बुझिन्छ । प्राचिन सनातन, परम्परा अनुसार हिन्दु धर्ममा सबै जातीमा गोत्र रहेको छ । गोत्रको शाब्दिक अर्थ भनेको संताति, सन्तान, वर्ग, समुह, कुल, वंश, घरना वा नसल बुझ्न सकिन्छ । आत्री गोत्र अफ्रिया गोत्र, बबरिया गोत्र, बनाफर गोत्र, वैरगाडिया गोत्र लगायत ६४–६५ गोत्र जानकारी टुडे डटकम अनुसार उल्लेख भएको तथ्य प्रमाण बाट साभार गरिएको छ । समस्त यदुवंशीहरुको कुल देवता, शक्ति माँ भवानीको अंश, माता योगमाया योग्श्वारी कुलदेवी हुन भने यदु वंशका कुल गुरु ब्रह्रा ऋषि श्री गर्गचार्य मुनी रहेको पुराणमा प्रमाणहरु रहेको यादवको पहिचान योद्धाबाट चिन्न सकिन्छ । प्रमाणको आधारमा डा. रणधीर यादवले बताए ।