logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    नवलपरासीमा घट्दो अपराधीकरण


    १९ भाद्र २०८० , मंगलबार

    नवलपरासीमा घट्दो अपराधीकरण

    नवलपरासी, १९ भदौ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा अपराधीकरणका घटनाहरु घटदो रुपमा रहेको छ ।विगतमा चोरी, तस्करी देखि विभिन्न घटनाहरु वढ्दो रुपमा विकास भएको देखिएपनि  आर्थिक वर्ष ०७९।०८० मा घट्दो रहेको विभिन्न तथ्याङ्कले देखाएको छ ।सीमा अपराध, लागुऔषध ओसारपोसार, आत्महत्याले विगत वर्षमा नवलपरासीवासीलाई तर्साएपनि यो वर्ष घट्दो क्रममा रहेको नवलपरासीका स्थानीयवासीहरु बताउँछन् ।

    लामो भारतीय सीमा संग जोडिएको यो जिल्ला शान्ति र सुरक्षाको हिसावले संवेदाशील जिल्लाको रुपमा परिचित छ । विकार र पूर्वाधारमा समेत पिछडिएको नवलपरासीले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारमा समेत अवसर प्राप्त गर्न नसकेको स्थानीयहरुको गुनासो रहेको छ ।

    अपराधीकरणको बढ्दो ग्राफले विगतमा यो जिल्लालाई जोखिम जिल्लाको रुपमा देखिएपनि पहिलो चरणमा सुधार उन्मुख रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्याङ्क अनुसार विगत तीन वर्षको तुलनामा आर्थिक वर्ष ०७९।०८० मा अपराधीकरणहरु घट्दो रहेको छ ।

    आर्थिक वर्ष ०७७।०७८ मा कर्तव्य ज्यानका घटना १० वटा घटेका थिए भने आर्थिक वर्ष ०७८।०७९ मा ७ र आर्थिक वर्ष ०७९।०८० मा ६ वटा मात्र  कर्तव्य ज्यानका घट्ना घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आर्थिक वर्ष ०७७।०७८ मा लागुऔषधमा ३२ वटा मुद्दा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७८।०७९ मा ३६ र आर्थिक वर्ष ०७९।०८० मा २२ वटा लागुऔषध सम्वन्धी घटनाहरु घटेको देखिन्छ । आत्महत्याका घटनाहरु समेत नवलपरासीमा घटेको देखिन्छ । आर्थिक वर्ष ०७७।०७८ मा झुण्डिएर ७६, विष सेवन गरेर ३१ , पानीमा डुवेर १ , आगो लगाएर १, ओजार तथा हातहतियार १ गरी जम्म ११०  जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कमा देखिन्छ ।

    त्यस्तै आर्थिक वर्ष ०७८।०७९ मा झुण्डिएर आत्महत्या गर्ने ७६, विष सेवन गरेर २१, आगो लगाएर २ गरी ९९ जनाले आत्महत्या गरेका छन् ।

    आर्थिक वर्ष ०७९।०८० मा झुण्डिएर ६०, विष सेवन गरेर ९ , पानीमा डुवेर १४, करेन्ट लागेर १, हामफालेर २ गरी जम्म ८६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । त्यस्तै मानव वेचविखन तथा ओसारपोसार घटना समेत नवलपरासीमा घट्दो क्रममा देखिन्छ । आर्थिक वर्ष ०७७।०७८ मा मानव बेचविखन तथा ओसारपोसारका ३ वटा मुद्दा दर्ता भएका थिए भने ०७८।०७९ मा शुन्य र आर्थिक वर्ष ०७९।०८० मा एउटा मात्र मुद्दा दर्ता भएको प्रहरी तथ्याङ्कमा रहेको छ ।

    जवरजस्ती करणीका मुद्दा समेत घट्दो क्रममा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । आर्थिक वर्ष ०७७।०७८ मा जबरजस्ती करणीका घटनाहरु ३२ वटा रहेका छन भने आर्थिक वर्ष ०७८।०७९ मा २० वटा र आर्थिक वर्ष ०७९।०८० मा २५ घट्ना घटेको जिल्ला प्रहरी कार्यालय नवलपरासी प्रहरी प्रमुख प्रहरी उपरीक्षक काजी आचार्यले जानकारी दिनुभयो । नवलपरासीमा प्रहरीले अपराध न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु अगाडी सारेर काम गरिरहेकोले अपराधको ग्राफ घटदो रहेको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । पछिल्लो चरणमा नवलपरासीमा प्रहरीको अपराध न्यूनिकरणका लागि सम्बन्धीत विभिन्न योजनाहरु कार्यान्वयनमा छन् । ती योजनाहरुले अपराध न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेलेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरीक्षक भोजराज सापकोटाले जानकारी दिनुभयो ।

    समाजको विकास संगै अपराधको घट्नाहरु पनि विकसित हुने अपराध विज्ञहरुले  बताउँनुहुन्छ । नवलपरासीमा पनि अपराधका घट्नाहरु विगतमा वढेपनि पछिल्ला वर्षहरुमा प्रहरीको सक्रियतामा घटेको छ । यो सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । प्रहरीको यो भुमिका प्रति सरकारले धन्यावाद दिनुपर्दछ । यसको निरन्तरता पनि आवश्यक रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.