logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीका जनता सधैँ ओझेलमा


    १९ भाद्र २०८० , मंगलबार

    लुम्बिनीका जनता सधैँ ओझेलमा

    सिद्धार्थनगर, १९ भदौ । महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी शान्ति र अहिंसाको केन्द्र हो । करिव २५६७ वर्ष पहिला बुद्धको जन्म यो तपोभुमिका भएको यो क्षेत्रको गरिमा र महिमा संसारभर उच्च रहेको छ । बुद्ध दर्शन र धर्म अंगिकार गर्ने मनिसहरुका लागि यो स्थल साझा भएपनि स्पथानीय जनताहरुको लागि यो स्थल आकाशको फल आँखा तरी मल भएको छ । लुम्बिनीका कारण नेपालमा पर्यटन क्षेत्रको विकास र विस्तार तिव्र रुपमा बढेको छ । लुम्बिनीमा वार्षिक आन्तरिक र वाह्य गरी करीब १८ लाख भन्दा वढी पर्यटकहरु भित्रिने गरेका छन् । तर स्थानीय क्षेत्रमा यसको कुनै महत्व देखिदैन् । विश्व प्रसिद्ध एवम् शक्तिशाली भारतीय मौर्यराज बंशका महान समराट अशोकले समेत तिर्थाटनको समय लुम्बिनीमा बुद्धको जन्म भएको स्थलको प्रमाणित गर्दै अशोक स्तम्भ निर्माण गरेका थिए जुन अहिले पनि देख्न सकिन्छ ।
    नेपाल सरकारवाट वि.स २०४२ सालमा लुम्बिनी विकास कोषको गठन संगै लुम्बिनीको विकास र पूर्वाधार क्षेत्र बैज्ञानिक र आधुनिकमा प्रवेश गरेपनि लुम्बिनीवासीका लागि कुनै वदलाव आएको देखिदैन् ।
    बुद्धले उत्पादन गरेका बुद्ध वचनहरु
    “संसारमा दुःख छ, दुःख हटाउन सके निर्माण वा शान्ति प्राप्त गर्न सकिन्छ ।” भन्ने भनाई रहे त पनि लुम्बिनीका जनताको दुःख बढ्दै गएको छ ।
    शान्ति र अहिंसाको मार्गको रुपमा बुद्धलाई लिने गरिएपनि बुद्धले प्रतिपादन गरेका पञ्चशीलको परिपालना समेत लुम्बिनीमा हुन नसकेको दुःखद विषय बनेको छ ।
    लुम्बिनी विकास कोषको गठन संगै आर्थिक र धार्मिक रुपमा लुम्बिनीको नाम संसारभर चर्चा भएपनि लुम्बिनीवासीहरुको जीवनस्तर भने खस्कदो रहेको छ ।
    संयुक्त राष्ट्र संघका तत्कालिन महासचिव ऊ थान्तले लुम्बिनी भ्रमणका बेला बुद्ध जन्मस्थलको क्षेत्रलाई तीन किलोमिटर वरिपरि भुमि अधिकरण गरी जापनिज वास्तुकलाविद केन्जोटांगेलाई गुरु योजना निर्माण गर्न लगाएर आधुनिक लुम्बिनी निर्माण गरेपनि लुम्बिनीबासीका लागि खासै फाइदाजनक नरहेको स्थानीयहरु बताउँछन् ।
    स्थानीय जनताले सरकारको निर्णय बमोजिम आफनो भुमि लुम्बिनीलाई लुम्बिनीको गुरु योजना निर्माण गर्न दिएपनि लुम्बिनीले भने स्थानीयवासीका लागि केही नसोचेको देखिन्छ ।
    करिव ११५५ विगहा जग्गा लुम्बिनी विकास कोषलाई हस्तान्तरण गरेपनि उनीहरुले लुम्बिनीवाट कुनै पनि सुखद क्षणको अनुभुति नपाएको गुनासाहरु आउने गरेको स्थानीय पत्रकार अन्जना चौहानले बताउनुभयो ।
    तीन किलोमिटर क्षेत्रलाई पर्खाल लगाएर लुम्बिनी बनाइएको छ । त्यही लुम्बिनी भित्र संसारभरीका मानिसहरु आउने गर्दछन् । तर पर्खाल बाहिरका लुम्बिनीवासीहरु भने लुम्बिनी विकास कोष संग आफ्नो विकासको प्रतिक्षारत रहेको पत्रकार अन्जना चौहानको भनाई रहेको छ ।
    लुम्बिनीलाई विभिन्न दृष्टिकोणले शान्ति सहरको रुपमा विकास गर्न खोजिएको छ । तर पर्खाल भित्र मात्र ती विकास र पूर्वाधारका योजनाहरु कार्यान्वयन हुदाँ पर्खाल वाहिरका जनताले भने अभावमा छटपटिएको देखिन्छ । अहिले लुम्बिनी क्षेत्रमा वौद्ध विश्वविद्यालय देखि तारे होटल र गुम्वाहरु बन्ने लहर चलेपनि यहाँका किसानहरुका लागि कुनै योजना नआएको स्थानीय कृषक राजकुमार यादवले बताउनुभयो ।
    विकास कोषलाई मात्र लुम्बिनी भनेर परिचित गराउने परिपाटी संचार क्षेत्रमा र राजनीतिक दलका नेताहरुले गरेकोले यसको अन्त्य हुनुपर्ने यादवको सुझाव रहेको छ ।
    महामानव गौतम बुद्धको जन्म स्थल लुम्बिनीको परिभाषा परिवर्तन हुनुपर्ने स्थानीयवासीहरुको माग रहेको छ । स्थानीयवासीहरुको चाहना अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिकाले समेटेको क्षेत्रलाई लुम्बिनी वा बुद्ध जन्मस्थल हो भन्ने परिचित गराउनुपर्दछ । यस क्षेत्रलाई विकास र पूर्वाधारका हिसावले सम्पन्न बनाउन आवश्यक देखिन्छ । समग्र लुम्बिनी क्षेत्रको विकास र समृद्धिका लागि सबै एकजुट हुन आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर अगाडि बढाउन राज्यका सबै निकायहरु अगाडि बढनुपर्ने लुम्बिनीवासीको चाहना हो ।
    लुम्बिनी क्षेत्रलाई विकास र विस्तार गर्न लुम्बिनी विकास कोष पनि तयार हुनुपर्नेमा सबैको जोडदार माग रहेको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.