logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    माओवादी केन्द्रको टोल कमिटी गठन


    १९ भाद्र २०८० , मंगलबार

    माओवादी केन्द्रको टोल कमिटी गठन

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, १९ भदौ । ओमसतिया गाउँपालिका अन्तर्गत नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने मुल नाराका साथ गाउँपालिकाको वडा नम्बर ५ दिपनगर, दरखसवा गाउँमा नौँ सदस्यीय टोल कमिटी गठन भएको ओमसतिया माओवादी केन्द्रको सचिवालयले जनाएको छ ।
    माओवादी केन्द्रको केन्द्रिय कार्यालयको सर्कुलर अनुसार विभिन्न केन्द्रिय स्तरका नेता प्रदेश स्तरका नेताहरुको गाउँपालिका र नगरपालिकामा जिम्मेवारी वाडफाड भएको माओवादी केन्द्र रुपन्देही जिल्ला पार्टी कार्यालयले जानकारी दिएको छ ।
    सिता पासीको अध्यक्षतामा टोल कमिटी गठन भएको ५ नम्बरको वडा कमिटीले बताएको थियो । कार्यक्रमको प्रमुख अतिथि नेपाल कम्यिूनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रिय सदस्य राजु हरिजनले कार्यक्रमलाई सम्वोधन गर्दै अबको लडाई समाजवादको लडाई हो । समाजवादी क्रान्तिमा सबैको सहभागीता आवश्यक रहेको हरिजनको भनाई रहेको थियो ।


    देशको समृद्धि र रुपान्तरण सहितको अभियानलाई सफल पारौँ यसै अभियानबाट सबै वर्ग, समुदाय, अल्पसंख्याक , पिछडा वर्ग , मधेशी, मुस्लिम, दलित , आदिवासी, जनजाति, महिला र अन्य वर्गका आआफनो भाग्य, भविष्य, फैसलाको लागि कम्यूनिष्ट पार्टी माओवादी केन्द्रमा गोलबन्द हुनु आवश्यक रहेको हरिजनाले बताए ।
    कार्यक्रममा लुम्बिनी प्रदेश कमिटी सदस्य गुलाम अलि, जिल्ला सल्लाहकार सदावृक्ष, महिला नेत्री पुन्दरी कुमारी हरिजन लगायतका उपस्थितिमा कार्यक्रम भएको थियो भने कमिटीका सचिव राकेश यादवको संचालनमा सम्पन्न भएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.