logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    इसरावती स्टील प्रा.लि उद्योगको उद्घाटन


    २० भाद्र २०८० , बुधबार

    इसरावती स्टील प्रा.लि उद्योगको उद्घाटन

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २० भदौ । ओमसतिया गाउँपालिका वडा नम्बर ४ बालापुरमा रहेको इसरावती स्टील प्रा.लि उद्योगका उदघाटन एक कार्यक्रम विच पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवबाट उदघाटन कार्य सम्पन्न भएको छ ।
    उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै आजको आवश्यकता प्रविधिक रहेको राष्ट्रको समृद्धि नै कलकारखाना उद्योगधन्दा लगायतले बेरोजगारी निवारण र राष्ट्रियको आर्थिक उन्नती प्रगतिमा महत्वपूर्ण योगदान दिदै आइरहेको कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रतिनिधि सभा सदस्य यादवले आफनो विचार व्यक्त गरेको थिए ।


    इसरावती स्टील प्रा.लि उद्योग जर्मनी प्रविधिवाट संचालनमा रहेको संचालक सुनिल कुमार यादवले बताएका थिए ।
    यो प्रविधिबाट जस्तापाता, कर्कट पाता, उत्पालन गर्ने नेपालको पहिलो उद्योगमा गणना हुने संचालक यादवको भनाई रहेको थियो ।
    गुणस्तरमा भरपर्दो ग्रहक वर्गलाई सुलभ भाउदरमा ग्रहक वर्ग सम्म पुर्याउने लक्ष्य रहेको संचालक यादवले बताए ।
    इसरावती स्टील प्रा.लि उद्योग ६ करोडको लगानीमा संचालन गरिएको गुणस्तरियतामा नम्बर १ मा उत्पादन भएका जस्तापाता रहेको सहसंचालक अमिरिश यादवले बताएका थिए ।


    यो उद्योग प्रदुषण रहित भएको र उद्योगको उत्पादन क्षमता चौविस घण्टामा ७२ टन सम्म उत्पादन गर्ने र उद्योगमा ६० जना सम्मलाई रोजगार दिने सम्भावना रहेको बताएका थिए । यो उद्योगको लागि चाहिने कच्चा पदार्थ चीनबाट आयात गर्ने र अहिले उत्पादित सामग्री लुम्बिनी प्रदेश भरी पुर्याउने गर्नुपर्ने सहसंचालक बताएक थिए ।


    रिवन काटी प्रमुख अतिथिले उद्घाटन गरेका थिए भने संचालकका आमा इसरावती यादव र बुबा सोमनाथ यादवले मेसिनको बटन थिचेर मेसिनको कार्य शुभारम्भ गरेका थिए ।
    विधिविधान अनुसार पुजा अर्चन श्री कृष्ण जन्माष्टमीको अवसर पारेर उद्घाटन भएको हो । कार्यक्रम मोलायम सिंह यादवको संचालनमा सम्पन्न भएको संचालक अनिल यादवले बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.