logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ मनाउदैँ


    २१ भाद्र २०८० , बिहिबार

    वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ मनाउदैँ

    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, २१ भदौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर जताततै भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक जन्मजयन्ती मनाउँदैछन् ।
    भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।
    श्री कृष्णजन्माष्टमी भगवान श्री कृष्णको जन्मदिनको खुसीको लागि मनाइन्छ । यो दिन नेपाल भारतमा मात्र नभएर अन्य राष्ट्रहरुमा मनाइने गरेको पाइन्छ ।
    भगवान श्री कृष्णका जन्म अत्यचारी कंसको वद्य गर्नका लागि श्रावण महिनाको कृष्ण पक्षको अष्टमीको मध्यराती मथुरा अवतार लिनु भएको धर्मग्रन्थहरुमा उल्लेख रहेको छ ।
    यो दिन भगवान श्री कृष्ण आफू स्वयम् पृथ्वीमा अवतारित भएकोले श्री कृष्ण जन्मअष्टमी मनाइन्छ ।
    यो दिन अनेकौ प्रकारको तयारी गरि मनाइन्छ । यो दिन मन्दिरलाई खास तवरले सजाइन्छ । यो दिन स्त्री और पुरुष १२ बजे सम्म ब्रत रहने एक पुजारीले बताउनुभयो । भगवान श्री कृष्णको झाकी लगाई झुला झुलाईने गरिन्छ ।
    पिण्टु पाण्डेयले भन्नुहुन्छ – स्कन्द पुराण अनुसार जुन व्यक्ति कृष्ण जन्माष्टमीको दिन व्रत बस्नुपर्छ तर उसले व्रत बस्दैन भने त्यो व्यक्ति जंगलमा सर्प अथवा बाघ हुन्छन् ।
    ब्रह्मपुराण अनुसार देवकी पुत्र श्रीकृष्ण कलियुगमां भाद्रपद मासको कृष्ण पक्षको अष्टमीमा २८औँ युगमा उत्पन्न भएका थिए ।
    भविष्य पुराणका अनुसार जुन व्यक्ति श्रावण मासको शुक्ल पक्षमा श्री कृष्ण जन्माष्टमी व्रत बस्दैनन् त्यो व्यक्ति कुरुर राक्षस होता हुन्छन् ।
    मदन रत्न स्कन्द पुराणको वचन अनुसार जुन व्यक्ति जन्मष्टमी व्रतको प्रेम भावसंग बस्छन् त्यो व्यक्तिसंग सदैव माता लक्ष्मी वास गर्नुहुन्छ ।
    श्री कृष्ण जन्माष्टमी महोत्सवलाई मोहरात्रि पनि भनिन्छ । श्रीकृष्ण जन्माष्टमीको रात्रिलाई मोहरात्रि किन भनिन्छ भने यो रातमा सबै कृष्ण भक्त भगवान श्रीकृष्णको ध्यान, नाम अथवा मंत्रको जाप गर्छन । अनि मन्त्रका साथ साथै मोह–मायावाट दूर जान्छन् ।
    यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको पाण्डेले बताउनुभयो ।
    यस दि भगवान श्री कृष्ण अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नु भएको बताउनुभयो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.