logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीखबर १२औँ वार्षिकोत्सव भव्य र सभ्यका साथ


    २१ भाद्र २०८० , बिहिबार

    लुम्बिनीखबर १२औँ वार्षिकोत्सव भव्य र सभ्यका साथ

    नेपाल व्रतकथा नामक कृति विमोचन तथा अन्तरक्रिया
    झब्बर यादव । लुम्बिनीखबर
    सिद्धार्थनगर, २१ भदौ । सिद्धार्थनगर नगरपालिका स्थिति लुम्बिनीखबर पत्रिकाले आफ्नो १२औँ वार्षिकोत्सव मनाएको छ ।
    लुम्बिनीखबर संचार गृह प्रा.लि द्वारा निरन्तर प्रकाशित लुम्बिनीखबर पत्रिका १२आँै वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गरेको खुसियालीमा वार्षिकोत्सव कार्यक्रम गरेको हो ।
    पत्रिकाको वार्षिकोत्सव कार्यक्रम मनाउनका साथै नेपाल व्रतकथा नामक पुस्तक विमोचन तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
    पत्रिकाको जन्मजयन्तीका अवसरमा उमेशचन्द्र रिजाल द्वारा लिखित नेपाल व्रतकथा नामक पुस्तक विमोचन गरेको हो ।


    कार्यक्रममा विभिन्न पालिकाका पालिका प्रमुख, नेपाल साहित्य परिषद्का सदस्यहरु, कृतिकार, साहित्यकार, उद्योग व्यवसायी, पर्यटन व्यवसायी, अग्रज पत्रकार, प्रहरी प्रशासन, संचारकर्मी, वकिल, डाक्टर, वौद्ध धर्मका ज्ञाता, विश्व विद्यालयका प्रध्यापकहरु, विभिन्न संघसंस्थामा आवद्ध व्यक्तिहरु लगायतको सहभागितामा वार्षिकोत्सव तथा नेपाल व्रतकथा विमोचनका साथै अन्तरक्रिया कार्यक्रम भव्यताका साथ मनाइएको हो ।
    कार्यक्रम लुम्बिनीखबर पत्रिकाका अध्यक्ष गोकुल पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न व्यक्तिहरुले पत्रिकालाई निरन्तरताको शुभकामना दिनुका साथै विमोचित कृतिका लेखकलाई समेत सल्लाह सुझाव व्यक्त गरेका थिए ।


    कार्यक्रममा अध्यक्ष पोखरेलले कार्यक्रमलाई सम्वोधन गर्दै सहभागि भएकोमा सबैलाई स्वागतका साथै पत्रिकाले अहिले सम्म गरेको उपलब्धीमा सबैको साथ सहयोग रहने आशा रहेको बताए । लुम्बिनीखबर पत्रिका गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्वारा भैरहवा भएको र यस क्षेत्रमा कतिपय मिडिया खुलेर बन्द भएपनि लुम्बिनीखबर १२औँ वर्ष देखि निरन्तर प्रकाशन हुदैँ आएको बताए । यसमा लुम्बिनीखबर पत्रिकका सम्पूर्ण कर्मचारी र शाखाहरुको मह्त्वपूर्ण भुमिका रहेको बताए । अगामि दिनमा अझै उन्नति प्रगति हुन्छ भनी विश्वास व्यक्त गरेका थिए ।
    कार्यक्रमका प्रमुख अतिथि तथा प्राज्ञ बुद्ध रानाले साहित्य क्षेत्रको विकास र विस्तारले मात्र समाजको नेतृत्व गर्ने भएकाले पत्रपत्रिका तथा कृतिहरुको प्रकाशन प्रशारण निरन्तर हुनुपर्ने बताए । उनले लुम्बिनीखबर पत्रिकाले समाजको कुरिति, विसंगति तथा गरिबीको पक्षमा कलम चलाई रहेको भन्दै जनताको पक्षमा कलम चलाउन सुझाव दिए । नेपालमा राज्य तहबाटै भाषा र साहित्यको संरक्षण हुनुपर्ने भन्दै प्रमुख अतिथि रानाले समाज रुपान्तरणका लागि पत्रकारहरुले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने बताए ।
    कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सामिप्यतामा रहेको लुम्बिनीखबर पत्रिकाले समाजमा खेलेका सकारात्मक भुमिकाको उच्च मुल्याङ्कन भएको भन्दै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । उनले बुद्ध र लुम्बिनीलाई पर्यटन संग जोड्नका लागि अझ सशक्त भएर लाग्न अनुरोध गरे ।
    सिद्धार्थनगर नगरपालिकाका अध्यक्ष इस्तियाक अहमद खानले भैरहवाको विकासमा लुम्बिनीखबर सधै सकारात्मक भएको बताउदै नगरपालिकाले सधै सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्ध्ता व्यक्त गरे ।
    भैरहवा बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रा.डा. कपिलदेव लामिछानेले पत्रपत्रिका तथा कृति विमोचनमा भाषाको शुद्धता अनिवार्य रहेको भन्दै भाषागत विषयमा ज्ञान हुनुपर्ने बताए ।
    लुम्बिनीखबर पत्रिकाका संस्थापक प्रधान सम्पादक घनश्याम परिश्रमीले पत्रिकाको गुणस्तर निरन्तरता महत्वपुर्ण भएकाले यसको निरन्तरताका लागि सवैको सहयोग आवश्यक रहेको बताए ।
    कार्यक्रममा मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले पत्रकार निपक्ष र स्वतन्त्र भएर कलम चलाउनु पर्नेमा जोड दिएका थिए । उनले शिक्षा, स्वास्थ्य तथा रोजगारका क्षेत्रमा सवैले सहकार्य गरेर अगाडी बढ्नु पर्ने बताए ।
    कोटहीमाई गाउँपालिकाका अध्यक्ष बालकृष्ण त्रिपाठीले पत्रकार भनेका समाजका सुचक भएकाले समाजको विकास र विस्तारमा भुमिका खेल्नुपर्ने बताए । उनले कसैको प्रलोभनमा परेर समाचार नलेख्न अनुरोध गरे ।
    नेपाल बत्रकथा कृतिका लेखक उमेचन्द्र रिजालले पुस्तकको विषयमा धारणा राखिदिन अनुरोध गर्दै आगामी संस्करणमा सल्लाह सुझाव अनुसार प्रकाशन गरिने बताए । उनले नेपाल बत्रकथालाई अग्रजी संस्करणमा पनि प्रकाशन गर्न लागेको भन्दै सहयोग अपेक्षा राखे ।
    विमोचन कृतिको समिक्षा गर्दे साहित्यकार विजय सागरले समाजको विषयमा व्यङ्य गरिएको यो कृतिको प्रकाशनले समाजको चित्रण गरेको बताए ।उनले लेखकले गरेको पुस्तक लेखन तथा प्रकाशनमा देखाएको भुमिका नेपाली साहित्यका लागि सकारात्मक भएको बताए ।
    सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठले अभाव र प्रभावमा परेर पत्रकारले समाचार प्रकाशन तथा प्रशारण नगर्न आग्रह गरे । उनले उद्योग तथा व्यापार क्षेत्रको विकासमा लुम्बिनीखवरले स्वतन्त्र पुर्वक समाचार लेख्ने काम गरिरहेकाले निरन्तर सहयोगको अपेक्षा राखे । कार्यक्रममा अध्यक्ष ठाकुर कुमार श्रेष्ठले लुम्बिनीखबर पत्रिका भैरहवा क्षेत्रमा धेरै वर्ष पहिला देखि स्थापित पत्रिका रहेको र यो पत्रिका १२ वर्ष देखि विभिन्न वाधा समस्या तथा मन्दिहरुका समयलाई चिर्दै अहिलेको समयमा सफल देखिएको बताए । अगामि दिनमा उद्योग वाणिज्य संघवाट हुनपर्ने सहकार्य आफूले गर्ने बताए ।
    उद्योग व्यापार संगठनका अध्यक्ष अनिल ज्ञवालीले नेपाली बजारलाई अगाडी बढाउने प्रकारका समाचार लेख्न पत्रकारहरुलाई आग्रह गर्दै देशको माटोले चाहेको विषयहरु उठान गर्न आग्रह गरे ।
    लुम्बिनी वौद्ध विश्वविद्यालयका उपप्रध्यापक आचार्य दयानिधि गौतमले लुम्बिनीखबर पत्रिका १२औ वर्ष पुरा गरी १३औँ वर्षमा प्रवेश गरेकामा र नेपाल व्रतकथा नामक पुस्तक लेखक र विमोचन गरेकोमा बधाई तथा शुभकामना दिदै पत्रिकाको नाम नै लुम्बिनी र लुम्बिनी गौतम बुद्ध संग सम्वन्धित विभिन्न परियायलाई बताउदै जब सम्म विश्व शान्तिको लक्ष्य हाम्रो जिम्मेवारी हो ठान्दैनौ तब सम्म लुम्बिनीखबरको नामको सार्थकतालाई उजागर गर्न सक्दैनौँ भन्दै लुम्बिनीखबर परिवारलाई आग्रह र शुभकामनाका साथ साथै विश्व शान्तिका लागि, बुद्धलाई विश्वसामु चिनाउनका लागि, पत्रकारितामा बुद्धलाई कसरी जोडने धेरै ठूलो चुनौति हुन सक्छ, कहिलेकाही संकटपूर्ण चुनौति पनि हुन सक्छ तर बुद्धको शिक्षालाई व्यवहारिकरुपमा पत्रकारितामा जोडने हो भन नेपाली समाजकोलागि र नेपाल राज्यको निमर्नणको लागि नौलो आयामको हुन सक्छ बताए । बुद्धले गरेको दुःखका कुराहरुगर्नु हुन्छ पत्रकारितालेसमाजमा रहेको दुख्लाइृ उदील्नु पर्छ, उदेलेर मात्र हुदैन् देखाएर मात्र हुदैन्, बुद्धको दोस्रो आर्य सत्य दुख्को कारण हुन्छ , समाजमा भएका समस्याहरुको कारणको खोजी नगरेसम्म पत्रकारिले पूर्णता पाउन सक्दैन् यी लगायत बुद्धका बिभिन्न आर्य सत्यहरु बताउदैँ , बुद्ध आशावादी हुन धेदै कुरामा बुद्धले दुःखका कारण जोडिएको हुदाँ बुद्धलाई निराशावादी भनिन्छ तर त्यस्तो नभएर उनी अत्यन्तै आशावादी रहेको बताए । तेस्रो आर्यसत्य समस्या समाधान हुन सक्छ भनेका छन भने चौथो आर्य सत्यमा आर्यअष्ठान मार्ग रहेको बताए । यीसबै कुरा लुम्बिनीखबर पत्रिकाले बुद्धको मार्गहरुलाई अंगालेर अगाडि बढ्यो भनेत्यो सफलताका साथ अवश्य नै पूर्णता पाउने पाउछ भनेका थिए । पत्रकारिता जस्तो सुकै ठाउँमा कसैलाई काखाँपाखा नगरि यथार्थ घटनालाई सम्पादन गर्न सक्यो भने अवशय नै सफल रहने बताए ।
    कार्यक्रममा उत्कृष्ठ कर्मचारी तथा लेखकहरुलाई दोसल्ला ओढाई पुरस्कार र सम्मान पत्र द्वार सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.