logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवामा ५ करोड लगानीमा साँवरिया फास्ट फुड


    २१ भाद्र २०८० , बिहिबार

    भैरहवामा ५ करोड लगानीमा साँवरिया फास्ट फुड

    पशुपति यादव । लुम्बिनीखबर
    रोहिणी, २१ भदौँ । महामानव गौतमबुद्धको शान्ति नगरी भैरहवाको आवारोडमा साँवरिया फस्ट फुड संचालनमा आएको छ ।
    साँवरिया फास्ट फुड ५ करोडको लगानीमा संचालनमा आएको छ । साँवरियामा ग्राहकको चाहना अनुसारका विभिन्न गुणस्तरयुक्त परिकारहरु उपलब्ध रहेको छ । नाम तथा गुणकै हिसाबले कृष्ण भगवान संगै सम्बन्धित साँवरिया फास्ट फुड नामाकरण गरेको संचालकले पत्रकार सम्मेलनमा भनेका थिए ।
    गाई भँैसीको शुद्ध दुध र घ्यूवाट भिन्न प्रकारका भिन्न स्वादका उच्च प्रकारका गुणस्तर मिठाई, नास्ता, दिउँसो खाजा उपलब्ध रहनुका साथै शाकाहरी शुद्धतामा पूर्ण विश्वास हुने ग्राहक वर्गका लागि फाष्ट फुड संचालनमा आएको संचालक अरुण अग्रवालले बताएका थिए ।
    यो साँवरिया नाफा मुलक भन्दा सेवाको भावनाले संचालनमा ल्याएको अगामि दिनमा मुनााफाको निश्चित प्रतिशत रकम सामाजिक कार्यमा खर्च गरिने संचालक अग्रवालले बताएका थिए ।
    यस साँवरियामा मिठाई, नास्ता, खानाका विभिन्न परिकारका साथै कार्यक्रमका लागि कार्यक्रम हल पनि रहको संचालक अग्रवालले बताएका थिए । ग्रहकको चाहना अनुसार साँवरियामा दक्षिण भारतीय खाजाका साथै चिनीयाँ खाजाको समेत स्वादका परिकार उपलब्ध रहेको संचालक अग्रवालले जानकारी दिए ।
    साँवरियामा एकै चोटि १ सय ३० मानिसहरुलाई सेवा दिन सक्ने गरी व्यवस्था रहेको छ । अगामी दिनमा ग्राहकको माग अनुसार ब्राण्डलाई मुलुकभरी विस्तार गरिने बताएका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.