logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    भैरहवा बहुमुखी क्याम्पसमा कक्षागत तीज गीत प्रतियोगिता कार्यक्रम


    २२ भाद्र २०८० , शुक्रबार

    भैरहवा बहुमुखी क्याम्पसमा कक्षागत तीज गीत प्रतियोगिता कार्यक्रम

    झब्बर यादव। लुम्बिनीखबर

    सिद्धार्थनगर, २२ भदौ । भैरहवा बहुमुखी क्याम्पसका शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरु सहभागी भई तीज मनाएका छन् ।
    आज २२ गते शुक्रवारका दिन शिक्षाशास्त्र संकायमा अध्ययनरत विद्यार्थी र शिक्षकहरु तीजको अवसर पारेर सांस्कृतिक गीत गाउनुका साथै नृत्य प्रस्तुत गरी तीज भव्य र सभ्य रुपमा कक्षागत तीज गीत प्रतियोगिता कार्यक्रम गरेका छन् ।

    कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कविता रिजालले कार्यक्रमलाई सम्वोधन गर्दै तीज मनाउने चलन कसरी विकास कसरी भयो त्यसको बारेमा जानकारी दिनुभयो । प्राध्यापक रिजालले भन्नुभयो – “तीज मनाउने परम्परा हिमालयकी पुत्री पार्वती भगवान शिवलाई पतिको रुपमा प्राप्त गर्न कठोर व्रत वसी पुजा अर्चना गरेर भगवान शिवजीलाई पतिको रुपमा प्राप्त गरेको समयबाट सुरुवात भएको हो । जुन अहिले वर्तमान समयमा पनि रहेको मनाउदै गरेको पाइन्छ ।”
    तीजलाई खासगरी हरितालिका तीज ब्रत पनि भनिन्छ । यो हिन्दुधर्म संग सम्बन्धित पर्बको रुपमा रहेको र हिन्दु धर्म मान्ने महिलाहरुको ब्रत हो । अविवाहित महिलाले असल पति पाउनका लागि र विवाहित महिलाले पतिको दीर्घायु, सुस्वास्थ्य, घरपरिवारलाई सुख शान्ति र अमन चयन लागि ब्रत बस्ने चलनको रुपमा तीज रहेको बताउनुभयो ।
    यो तीज नितान्त महिलाहरुको लागि मात्र रहको छ । पहिला कुना काप्चामा बस्ने शोषित महिलाहरु आफनो ससुरालमा आफूले भोगेको पिडा अरुसामक्ष पोख्ने ठाउँ नपाएर माइतामा गएर दुःख, कष्ट, पिडाहरुलाई गीतको माध्यमबाट प्रस्तुत गर्ने र मालमको रुपमा तीजको समयमा मिठो, चोखो खानाका परिकार खाने खुलाउने चलन आएको बताउनुभयो ।


    अहिलेको समय आधुनिक समय हो । यो समयमा मानिससंग रुपियाँ पैसा प्रसस्त भएको कारणले होटल, पाटी प्यालेस लगायतका ठाउँमा बढी भन्दा बढी खर्च गरेको देखिन्छ तर हुनेखानेहरुको लागि सामान्य रहेपनि धन सम्पत्ति नभएको गरीब दुःखी मानिसहरुको लागि यो सबै हिनतावोधका साथै चेतावनीको रुपमा रहेको बताउनुभयो । प्राध्यापक रिजालले कार्यक्रममा “खोला पारीको भिनाजुले साली माग्न आएछ, १७ सय रुपियाँको पोको पारेर ल्याएछ”भन्ने गीत गाउनुका साथै नृत्य प्रस्तुत गर्नुभएको थियो ।
    कार्यक्रममा स्वास्थ्य तथा पाठ्यक्रम विभागका प्रमुख तथा प्राध्यापक बाबुराम भण्डारीले क्याम्पसमा कक्षागत तीज कार्यक्रम गर्ने कार्य यस वर्षबाट सुरु भएकोमा खुसीयाली व्यक्त गर्दै अगामी दिनमा क्याम्सका सबै संकायमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई सहभागी गरी विशेष कार्यक्रमको आयोजना गरी तीज अझै भव्यसभ्य तरिकाले मनाउने बताउनुभयो ।
    कार्यक्रममा राधा भट्टराईले आफनो गीतका साथै नृत्य प्रस्तुत गरी कार्यक्रम उदघाटन गर्नु भएको थियो । भने प्राध्यापक लक्ष्मी नेपाल, रिता बश्यालले सहयोगीको रुपमा गीतका साथै नृत्य प्रस्तुत गर्नु भएको थियो ।
    कार्यक्रम राधा भट्टराईको संयोजकत्वमा भएको थियो भने स्वास्थ्य तथा पाठ्यक्रम विभागका विभागिय प्रमुख बाबुराम भण्डारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम सयाँै भन्दा वढी विद्यार्थीको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.