logo
  • २७ कार्तिक २०८३ , बिहिबार
    • ट्रेन्डिङ

    कृष्णनगर सिमा नाकामा बाख्रा तस्कर सक्रिय


    २५ भाद्र २०८० , सोमबार

    कृष्णनगर सिमा नाकामा बाख्रा तस्कर सक्रिय

    शहबाज खान। लुम्बिनीखबर
    कृष्णनगर, २५ भदौँ ।कपिलवस्तुको कृष्णनगर सिमामा बाख्रा तस्करी बढ्दै गएको छ । सिमा नाकाबाट रातिमा खसीबाख्रा तस्करी हुने गरेको खुलेको छ । पहिले समय फेरी बाख्रा तस्करहरु चोरी निकासीमा सक्रिय देखिएका छन् । सशस्त्र प्रहरी बल प्रस्ताविक गुल्म कृष्णनगर र इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत पर्ने प्रहरी चौकी बगही क्षेत्रबाटै बाख्रा तस्करी भइरहेको स्थानीयले बताएका छन् ।


    स्रोतका अनुसार तस्करले भारतका विभिन्न बजारबाट बाख्रा खरीद गरि भारतको सिमा क्षेत्रमा रहेको गाउँहरुमा राख्ने गरेका छन् । रातिको मौका छोपी तस्करहरु खुल्ला सिमाबाट सय÷सयको समुहमा बगही गाउँमा ल्याउने गरेका छन् । गाउँ ंबाहिर रहेको ईंट भट्टा नजिक ट्रकमा लोड गरि नेपालको बजारमा पठाउने गरेका छन् ।
    सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा भन्सार कार्यलयको मिलेमतो बिना यस्ता ठुला गैरकानुनी रुपमा चोरी पैठारी भइरहेको स्थानीयले आरोप लगाएका छन् । सिमा नाकामा अवैध कारोबार भइरहँदा यसलाई रोक्न सम्बन्धित निकाय बेखबर बनेको छ । ठुलो मात्रामा अवैध तस्करी हुँदा नियन्त्रण हुन नसक्नु प्रहरीको मिलेमतो देखिएको स्थानीयको भनाई छ । दिनहुँ अवैध तरिकाले चोरी निकासी कारोबार बढ्दै जाँदा कृष्णनगर भन्सार कार्यालयलाई राजश्व संकलनमा ठुलो चुनौती देखिन्छ ।
    कृष्णनगर सिमाक्षेत्रमा भइरहेको खुल्ला तस्करीको विषयमा सशस्त्र प्रहरी बल गुल्म कृष्णनगरका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक रमेश थापा मगरले सिमा नाकामा तस्करी रोक्न प्रहरी खटिएको बताएका छन् । उनले ठुलो क्षेत्र भएका कारण कतिपय समयमा पुग्न नसकेको अवस्थामा चौरी पैठारी भएको हुन सक्ने बताए । तस्करलाई समात्न कोसिस गरेको बताउँदै तस्करी हुने ठाउँमा प्रहरी सक्रिय पुर्वक लाग्ने उनले बताए ।
    नेपाल प्रहरी चौकी बगहीका प्रमुख सई जय गोपाल श्रेष्ठले जनशक्तिको अभावले सबै ठाउँमा ड्युटी हेर्न समस्या भएको बताए । तस्करी बारे केही पनि थाहा नभएको बताउँदै राख्न आवश्यक रहेको उनको भनाई छ । क्षेत्र ठुलो भएका कारण प्रहरी नभएको बेला मौका छोपी चोरी निकासी गरेको हुन सक्ने उनले बताए ।
    बाख्रा तस्करहरुले राजश्व चुहावट गरि बिना स्वास्थ्य परीक्षण गराई अवैध तरिकाले बाख्रा सप्लाई गरि रहँदा देशमा विभिन्न प्रकारको पशुजन्य रोग फैलिने अवस्था समेत रहेको छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.