logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    टुगा साकोसले मनायो तीज


    २५ भाद्र २०८० , सोमबार

    टुगा साकोसले मनायो तीज

    लुम्बिनीखबर
    भैरहवा, २५ भदौ । टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमसतिया १ रुपन्देहीको आयोजनामा हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम ओमसतिया १ कटैयामा महिला सेयर सदस्यलाई लक्षित गरेर सम्पन्न गरेको छ ।

    महिला सशक्तिकरण उपसमितिको संयोजनमा उपसमिति संयोजक लक्ष्मी देवी के.सी.को अध्यक्षता, जिल्ला सहकारी संघ रुपन्देहीका महिला उपाध्यक्ष एवम् सहकारी अभियन्ता टिका न्यौपानेको प्रमुख आतिथ्यता र संस्था अध्यक्ष डी.बि. थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा अतिथि कलाकार दिपु मगर र बिष्णु ठडराईले तीज विशेष कार्यक्रमलाई आफ्नो गायनकलाद्वारा मनोरञ्जन गराएका थिए ।


    प्रमुख अतिथि न्यौपानेले सहकारी संस्थाबाट लिएको ऋण उचित स्थानमा प्रयोग गर्न सकियो भने ऋणको सदुपयोग हुने हुदाँ सदस्य र संस्थालाई समस्या नपर्ने बताउदै टुगा आस्था विकास साकोस महिला सदस्यहरुको महिलाको सशक्तिकरण र व्यक्तित्व विकास गर्न सहयोग आवश्यक भएमा आफु सधैँ तयार रहेको बताउनुभयो । तीज पर्वलार्इ ज्यादै भडकिलो र खर्चालु नबनाई परम्परा संस्कृति जोगाउदै आफ्नो हैसियत अनुसार मनाउनु पर्ने बताउनुभयो ।


    कार्यक्रममा नयाँ सदस्य बन्नेलाई उपहार सहित स्वागत गरिएको थियो । सँस्था अध्यक्ष थापाले तीज पर्वको शुभकामना व्यक्त गर्दै सँस्थाले सदस्यलाई दिई राखेको सुविधा तथा सेवाहरुको बारे स्मरण गराउनु भएको थियो ।
    कार्यक्रममा प्लास्टिकजन्य झोला प्रयोगलाई दुरुत्साहन गर्न सांकेतिक स्वरूप सहभागीलार्इ कपडा झोला वितरण गरिएको थियो ।
    कार्यकमर्मा महिला सशक्तिकरण उपसमिति सदस्य रेखा खनालको स्वागत मन्तव्य राख्नुभएके थियो भने संचालन शशिकला गुरुङले गर्नु भएको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.