अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, २६ भदौ । लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० मा अवस्थित मायादेवी प्रगतिशील आमा समूहको आयोजना हिन्दू नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा जेष्ठ महिलाहरुको सम्मान तथा तिज मिलन कार्यक्रम गरेको छ ।

कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि सजरुद्दीन मुसलमानले कार्यक्रमलाई सम्वोधन गर्दै सम्पूर्ण हिन्दू महिलाहरुमा तीजको शुभकामना दिँदै परापूर्व कालदेखि हिन्दू महिलाहरुले तीज मनाउँदै आएको र संरक्षण गर्दै आएकोमा आफूलाई खुसी लागेको व्यक्त गरेका थिए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर उपप्रमुख कल्पना हरिजनले आमा समूहलाई धन्यवाद दिँदै आमा समूहले नमूनामै काम गर्दै आएको बताएकी थिइन् । आफू निर्वाचित नभएर आउदैँ ५ लाख प्रदेश सरकार विनियोजन गरेको थियो तर निर्वाचित भएर आउँदा कामको चापले रकम फिर्ता भएको दुःखत कुरा रहेको बताएकी थिइन् । अब अगामी दिनमा यस विषयमा पहल गर्ने बताएकी थिइन् ।
कार्यक्रम मायादेवी प्रगतिशील आमा समूहका अध्यक्ष तथा कार्यक्रम संयोजक मन्जुर पराजुलीले आमा समूह विगत २०७२ सालदेखि संचालनमा रहेको र महिला सचेना सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आएको कुरा बताएकी थिइन् तर पनि आजसम्म आमा समूहले आफ्नो भवन निर्माण गर्न नसकेको हुँदा कार्यक्रम गर्न कठिनाई भएकाे बताएकी थिइन् । आमा समूहलाई प्रदेश र स्थानीय तहले सहयोग नगरेको हुनाले कुनै पनि कार्यक्रम गर्नु पर्दा वा मिटिङ बस्नका लागि होटल हेर्नु विडम्बनाको कुरा रहेको आमा समूह अध्यक्ष मन्जु पराजुलीले बताएकी थिइन् ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न १० वडा अध्यक्ष विनोद कहाँर, वडा महिला सदस्य तुलसी भुसाल, आमा समूहका सम्पूर्ण पदाधिकारीहरु, विभिन्न संघ संस्था समाजसेवी लगायतको उपस्थिति रहेको थियो भने मायादेवी प्रगतिशील आमा समूहका सचिव टीका कटेलले कार्यक्रम संचालन गरेकी थिइन् ।