logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    मर्चवारीका स्वास्थ्यकर्मीहरु सम्मानित


    २८ भाद्र २०८० , बिहिबार

    मर्चवारीका स्वास्थ्यकर्मीहरु सम्मानित

    असलम खाँन । लुम्बिनीखबर
    मर्चवार, २८ भदौ । रुपन्देहीको मर्चवारी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९÷०८० स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय मूल्याङ्कनमा प्रथम स्थान हासिल गरेकोले एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य कर्मचारीहरुलाई सम्मान गरेको छ ।
    गाउँपालिकाले २७ गते बुधवार रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको सभाहलमा स्वास्थ्य कर्मचारीहरुलाई सम्मना गरेको हो । आर्थिक वर्ष ०७९।०८० को वार्षिक मर्चवारी गाउँपालिका स्वास्थ्य शाखाले सेवा प्रवाहमा रुपन्देहीमै प्रथम स्थान ल्याउन सफल भएको छ ।


    जिल्लाको १६ वटा पालिका मध्ये सरकारले तोकेको सूचकमा उत्कृष्ट कार्य सम्पादन गर्दै सहज रुपमा नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरि मर्चवारी गाउँपालिकाका स्वास्थ्य शाखा जिल्लामै प्रथम भएको हो । जिल्लामा पहिलो स्थान ल्याएको खुसीमा मर्चवारी गाउँपालिकाले स्वास्थ्य शाखा अन्तर्गत रहेका स्वास्थ्यकर्मी लगायत सम्पूर्ण कर्मचारीहरुलाई कदरपत्र सहित सम्मान गरेको छ ।


    स्वास्थ्यकर्मी तथा कर्मचारी सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका निर्देशक नोद नारायण चौधरीको प्रमुख अतिथ्यमा, मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईको अध्यक्षतामा, गाउँपालिकाका उपाध्यक्ष आशा सिंह र स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माको बिशिष्ट अतिथ्यमा भएको थियो ।
    कार्यक्रम शुभकामना मन्तव्य पुरुषोत्तम घिमिरे राखेका थिए भने रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज राकेश यादवले संचालन गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.