लुम्बिनीखबर
लुम्बिनीमा प्रहरी सक्रियता तीव्र
लुम्बिनी, ३१ भदौ । रुपन्देहीको ईलाका प्रहरी कार्यालय लुम्बिनीले आर्थिक वर्ष २०७९/८० को १२ महिनामा १४ लाख ८६ हजार मूल्य बराबरको तस्करी समान नियन्त्रण गरि भैरहवा भन्सार कार्यालय बुझाएको छ । जिल्लाको पश्चिम क्षेत्रको कमाण्ड जिम्मा पाएको यो प्रहरी कार्यालयले तस्करी नियन्त्रणका साथै शान्ति सुरक्षाका लागि जिम्मेवारपूर्वक काम गरेको ईप्रका लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक कञ्चन तामाङले जानकारी दिए ।
लुम्बिनी साँस्कृतिक नगरपालिका, मायादेवी गाउँपालिकाको वडा नम्बर ४, कोटहीमाई १ नम्बर वडा र सूर्यपुरा कार्यक्षेत्र भएको यो प्रहरी कार्यालयले शान्ति सुरक्षा र तस्करी नियन्त्रणमा आफ्नो कार्य सम्पादन गरिरहेको ईप्रका लुम्बिनीले जनाएको छ । अपराध न्यूनिकरणका लागि समेत यसक्षेत्रमा प्रहरीले महत्वपूर्ण कार्य गरिरहेको स्थानीयहरुले बताएका छन् । लुम्बिनी क्षेत्रको समेत शान्ति सुरक्षाको जिम्मेवारी पाएको यो कार्यालयले विदेशी पर्यटन, बौद्ध गुम्बा तथा विकास कोष र स्थानीय पालिकाहरुको शान्ति सुरक्षा जिम्मेवारपूर्वक निर्वाह गरेको देखिन्छ । आर्थिक वर्ष ०७८। ०७९ मा यस कार्यालयमा १४६ वटा मुद्दा दर्ता भएको थियो । जस मध्ये १०० वटा मुद्दा फर्चाेट भएको थियो र ४६ वटा बाँकी रहेको ईलाका प्रहरी कार्यालय सूचना शाखाले जनाएको छ ।
आर्थिक वर्ष ०७९।०८० मा अपराधका विषयमा १३३ वटा मुद्दा दर्ता भएको थियो । जस मध्ये ७० वटा मुद्दा फर्चोट भएको थियो भने ६३ वटा बाँकी रहेको कार्यालयको तथ्याङकले जनाए छ । आर्थिक वर्ष ०७८।०७९ मा झुण्डिएर मर्ने १५, भवितव्य ज्यान ११ , डाका चोरी १८, अभद्र व्यवहार २१, जबरजस्ती करणी १५, फुटकर ज्यान ७, बिष खाएर ८, लागुऔषध ७, जबरजस्ती करणी उधोग ८, सवारी ज्यान ९, मानव बेचविखन तथा ओसारपोसार १ रहेको छ । सविारी अंगभंग १, सवारी भवितव्य ज्यान २, अप्रकृतिक मैथुन १, बालविवाह १, बाल यौन दुरुपयोग १, बहुविवाह ३, संगठिक अपराध २ हातहतियार खर खजाना २ बैङकीङ कसुर १ कुटपिट ४, चोरी गरी आगो लगाउने १ वटा अपराधका मुद्दाहरु दर्ता भएको थियो ।
आर्थिक वर्ष ०७९।०८० मा झुण्डिएर मर्ने १९, भवितव्य ज्यान १८ , डाका चोरी ९, अभद्र व्यवहार २८, जबरजस्ती करणी १०, फुटकर ज्यान ६, बिष खाएर ६, लागुऔषध ४, जबरजस्ती करणी उधोग शून्य रहेको छ । सवारी ज्यान १३, मानव बेचविखन तथा ओसारपोसार १, सवारी भवितव्य ज्यान १, बैङकीङ कसुर ६, कुटपिट ४, चोरी गरी आगो लगाउने १, पानीमा हाम फालेर आत्महत्या १, अपहरण र शरिरीक बन्धक १, ठगी १ वटा गरी अपराधका मुद्दाहरु दर्ता भएको थियो । आर्थिक वर्ष ०७८।०७९ को तथ्याङ्कमा पानीमा हाम फाल्ने, डाका चोरी, अपहरण तथा शरीर बन्धक र ठगी शून्य रहेको देखिन्छ भने आर्थिक वर्ष ०७९।०८० मा लिखित सम्बन्धी कसुर, हातहतियार खरखजाना, बाल विवाह, बहुविवाह, बाल यौन दुरुपयोग, जबरजस्ती करणी र सवारी अंगभंग शून्य रहेको ईलाका प्रहरी कार्यालयको ग्राफले देखाएको छ । समाजमा विभिन्न घटना गरी फरार रहेका अपराधीहरुलाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय सधै सक्रिय रहेको छ । ‘‘अपराधका विभिन्न गतिविधि र सीमावार्ती क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि हामी सरक्षाकर्मीहरु दिनरात खटेका छौँ’’ प्रहरी निरिक्षक तामाङले भने ।
समाजमा भएको जस्तासुकै सामाजिक अपराधलाई ईलाका प्रहरी कार्यालयमा जानकारी गराउन ईप्रकाले अनुरोध गरेको छ । प्राप्त सूचनाको अनुसार त्यस माथि तत्काल कारबाही गर्न सधै तयारी अवस्थामा रहेको प्रहरी सहायक निरीक्षक कमल प्रसाद आचार्यले बताए । अपराधमा संलग्न सबै व्यक्तिलाई नियमानुसार सजाय दिन हामी तयार रहेको बताए । रुपन्देहीमा पछिल्लो समयमा अपराध तस्करी न्यूनीकरणका लागि प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ । जिल्लामा एसपी भरत बहादुर बि.क.को आगामन सँगै सुरु भएको अपराध तस्कर न्यूनीकरणले गर्दा जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ भएको छ । जिल्लामा हुने अपराध तथा आत्महत्या र लागूऔषधलाई रोकथाम गर्नको लागि प्रहरी बस्ती बस्तीमा पुगेर अभियान शुरु गरेको छ । जिल्लामा विभिन्न प्रकारका अभियानहरु प्रहरीले सञ्चालन गर्न सुरु गरे पछि जनतामा प्रहरी प्रतिको विश्वास बढ्दो छ ।