logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    कृषि क्षेत्रको विकास गरौँ


    ३१ भाद्र २०८० , आइतबार

    कृषि क्षेत्रको विकास गरौँ

    नेपाल कृषिमा निर्भर भएको मूलुक हो । यहाँका अधिकांस मानिसहरु कृषि क्षेत्र संग जोडिएका छन् । यहाँका ग्रामिण वस्तीहरुका मानिसहरु खेतवारीमा प्रत्यक्ष जोडिएको देखिन्छ । परम्परागत कृषि प्रणालीका कारण उच्च उत्पादनमा पुग्न नसकेपनि यहाँका किसानहरु कृषिक्षेत्रमा सधै आश्रित भएको पाईन्छ । हिजो कृषि उत्पादन विदेशमा निर्यात गर्ने तहमा पुगेको नेपाल कमजोर देखिन्छ । कृषि क्षेत्रको विस्तार भएपनि विकास भने कमजोर यात्रामा हिडेको छ । कृषिको विकास सुस्त हुँदा नेपालले सोचेजस्तो कृषिक्षेत्र हुन सकेको छैन । आन्तरिक उत्पादनले पुगेको देशमा अहिले भने कृषिजन्य उत्पादनहरु विदेशबाट आयात गर्नु परेको छ । देशको बजेटले सधै कृषिलाई प्रमुख प्राथामिकतामा राखेपनि कार्यान्वयन पक्ष कमजोर छ । कृषि क्षेत्रको आधुनिकिकरण र विस्तार यहाँ अहिले आवश्यकता हो । तराई, पहाड, हिमालको विविधताले भरिपूर्ण देश नेपालमा कृषिजन्य उत्पादन पनि विविध प्रकारका हुने गर्दछ । हिमालमा हिमाली उत्पादन, पहाडमा पहाडी उत्पादन र तराईको समथरभुमिमा विविध उत्पादन हुने गरेको छ । कृषिक्षेत्रको अधिक सम्भावना रहेका कारण नेपाललाई कृषि उत्पादनको केन्द्रको रुपमा पनि लिन सकिन्छ । गाँउ देखि शहर सम्म कृषि उत्पादन संग जनता कुनै न कुनै प्रकारले जोडिएको देखिन्छ । खेतवारी देखि कौशी खेतीमा समेत नेपालीहरु आकर्षण छन् । नेपालमा कृषि प्रणाली परम्परागत भएपनि मानिस कृषि क्षेत्रमा जोडिएको देखिन्छ । यसलाई आधुनिकतामा परिवर्तन गर्न आवश्यक छ । विकसित मूलुकमा कम जनसख्या कृषिक्षेत्रमा जोडिएका हुन्छन् । तर उनीहरुले आधुनिक प्रणालीमा कृषि उत्पादन गर्दा सँधै नाफा र उत्साहजनक उत्पादन गरेको देखिन्छ । नेपालमा धेरै जनसख्या यसक्षेत्रमा काम गर्दछन् तर निराशजनक उत्पादन र प्राय घाटा हुने गरेको देखिन्छ । देश कृषि प्रधान हो तर धेरै कृषि सामाग्रीहरु भारत तथा अन्य मूलुकबाट आयात गर्नुपरेको छ । नेपालमा कृषि उत्पादन व्यवस्थित र वैज्ञानिक नहँुदा कृषिक्षेत्र अहिले तहसनहस बनेको छ । विदेशी उत्पादन संग नेपाली कृषकले प्रतिस्पर्धा गर्न कठिन हँुदा यहाँका उत्पादनले बजार पाउन सकेका छैनन् । राज्यले वार्षिक रुपमा कृषिक्षेत्रलाई करोडौ रकम विनियोजित गरेको देखिन्छ तर त्यो लगानी वालुवामा पानी बराबर भएको छ । वैज्ञानिक र आनुधिक कृषि प्रणालीको विकास नहुँदा नेपालका किसानहरु सधै मारमा पर्ने गरेका छन् । धेरै जसो कृषि क्षेत्र छोडेर विदेशीने र अन्य पेशा तर्फ आकर्षण वढ्ने क्रम समेत नेपालमा बढ्दो छ । देशलाई कृषि प्रणालीमा जोड्नका लागि सर्वप्रथम राज्यले कृषि योजना निर्माण गरि काम गर्न आवश्यक छ । यहाँका धेरै मानिसहरु कृषि संग जोडिने र घाटाको उत्पादन गर्दा समस्या परेकाले यसको निराकरणका लागि छलफल र अन्तरक्रिया आवश्यक छ । कृषि क्षेत्रलाई व्यवस्थित र उत्पादनमुखी बनाउनु पर्ने देखिन्छ । यहाँका किसानहरुलाई व्यवसायी बन्न प्रेरित गर्ने र विदेशी उत्पादनलाई नेपालमा भित्रिन बन्देज गर्न जरुरी देखिन्छ । कृषिक्षेत्रमा देखिएको माफिया गिरिको अन्त्यका लागि समेत सरकारले प्रयास गर्नु पर्दछ । मानिसले कृषि उत्पादन हुने जमिनमा बस्तीको विकास हुन बन्द गर्नु पर्दछ । कृषिक्षेत्रको पहिचान गरि सबै क्षेत्रमा माटो सुहाउने उत्पादन गर्नमा राज्यले पहल गर्नु पर्दछ । राज्यले कृषि क्षेत्रको विकास र विस्तारमा कृषि प्रणालीको विकास तथा कृषि उत्पादनलाई बजारिकरण गर्न आवश्यक छ । समय र माटो सुहाउने क्षेत्रको छनोट गरि उत्पादनलाई फराकिलो बनाउनु पर्दछ । देशमा कृषिको विकास हुन सके यहाँको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ । कृषि क्षेत्रलाई सम्मानजनक पेशाको रुपमा अगाल्ने वातावरण राज्यले गर्नुपर्दछ । नेपाललाई कृषि प्रधान देशको विकास गर्न सबैले पहल गरौँ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.