logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    सरावलमा स्वास्थ्यकर्मीलाई सम्मान र दृष्टिविहीनलाई ल्यापटप वितरण


    ३ असोज २०८० , बुधबार

    सरावलमा स्वास्थ्यकर्मीलाई सम्मान र दृष्टिविहीनलाई ल्यापटप वितरण

    ज्ञानेश्वर सहानी। लुम्बिनीखबर

    नवलपरासी , ३ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले संविधान दिवसको अवसरमा रचनात्मक काम गरेको छ। सरावल गाउँपालिकाले संविधान दिवसको अवसरमा आदर्श मा.वि परासीमा अध्ययनरत सरावल ३ निवासी पूर्ण दृष्टिबिहीन विद्यार्थी शंकर रौनियारलाई गाउँपालिकाले एक थान ल्यापटप प्रदान गरेको छ ।
    त्यस्तै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ। स्वास्थ्य क्षेत्रमा सरावल गाउँपालिका जिल्लामै उत्कृष्ट भएकोले स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन योगदान गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसको अवसर पारेर सम्मान गरिएको गरिएको हो।


    केही दिन अघि स्वास्थ्य कार्यालयले गरेको मूल्यांकनमा सरावल गाउँपालिका जिल्लाका सात वटै पालिका मध्ये प्रथम भएको थियो । गाउँपालिकाले आज गरेको उक्त कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा, सात वटै वडाका स्वास्थ्य संस्थाहरु र पालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।


    प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राको अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइने गरेको चर्चा गरेका थिए । नेपालमा ३ तहमा रहेको सरकार र संविधानको अभ्यासकै क्रममा स्थानीय तहले विभिन्न काम गर्दै अगाडि बढेको बताए । संविधानले मौलिक हकको व्यवस्था, आरक्षणको ब्यवस्था, नागरिकका हक र अधिकार प्रत्याभुतको ब्यवस्था गरेकोले यसको रक्षाको लागि सम्पूर्ण नेपालीको कांधमा जिम्मेवारी आएको बताए । सरावल गाउँपालिका स्वास्थ्य शाखाले जिल्ला उत्कृष्ट भएको र त्यस शाखाले गरेको कामको प्रशंसा गर्दै अब अन्य शाखालाई पनि यसरी नै प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभएको हो। स्वास्थ्यकर्मीलाई सम्मान संगसंगै ठुलो जिम्मेवारी प्रदान गरेको बताउँदै अन्य शाखाले पनि यसरी नै काम गरि अगाडि बढ्न हौसला प्रदान गर्नुभएको हो। साथै कक्षा दशमा अध्यनरत शंकर रौनियार दृष्टिविहीन भएपनि अध्ययनमा अब्बल र जेहेन्दार भएकोले अध्ययनमा सहजता र प्रोत्साहनको लागि गाउँपालिकाले ल्यापटप सहयोग गरेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिए ।


    त्यस्तै उपाध्यक्ष बासमति हरिजनले पूर्ण दृष्टिबिहीन विद्यार्थी शंकर रौनियारलाई पालिकाबाट ल्यापटप हस्तान्तरणले पढाइमा सहज वातावरण सृजना हुने बताएका थिए । साथै स्वास्थ्य क्षेत्रमा गरेको कामको आधारमा सरावल गाउँपालिका उत्कृष्ट भएकोले स्वास्थ्यकर्मी तथा सबै कर्मचारी र जनप्रतिनिधिको समन्वयले यो सब भएको बताउदै यस अभियानमा लाग्ने सबैलाई शुभकामनासहित धन्यवाद दिए ।

    कार्यक्रममा सरावल ७ वडा अध्यक्ष हेयात खाँ धुनिया , राष्ट्रिय दैनिकको कार्यकारी निर्देशक उमेश बि.क. , पत्रकार देशबन्धु यादव , समाजसेवी हरिलाल यादव लगायतले शुभकामना व्यक्त गरेका थिए । पालिकाले स्वास्थ्यकर्मीलाई सम्मान , दृष्टि विहीनलाई ल्यापटप प्रदान संगसंगै संविधान दिवसको अवसरमा पालिका परिसर सरसफाइ समेत गरेको हो। साथै सोही अवसरमा कर्मचारीबीच आयोजना गरिएको कुर्सी दौड प्रतियोगिताका विजयी कर्मचारीलाई सम्मान पनि गरिएको थियो । लेखा अधिकृत नारायण पाण्डेयको स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमको सन्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनालले गरेका थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.