लुम्बिनीखबर
सिद्धार्थनगर, ६ असोज । लुम्बिनी कानूनी अनुसन्धान केन्द्र बुटवलको दोस्रो सधारण सभा बुटवलमा सम्पन्न भएको छ । शनिबार लुम्बिनी कानूनी अनुसन्धान केन्द्रकाे अध्यक्ष अधिवक्ता मदन कुमार पुनको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री माननीय सन्तोषकुमार पाण्डेको प्रमुख आतिथ्यता साधारण सभा सम्पन्न भएकाे हो ।
लुम्बिनी प्रदेश सरकार गृहमन्त्री तथा साधारण सभाका प्रमुख अतिथि मन्त्री पाण्डेले कानून कार्यान्वयनमा देखिएका समस्याहरु हामीले नै मिलेर समाधान गर्नुपर्ने र संघीयतामा देखिएका र भएका समस्या र त्यसको सामाधानको लागि कानूनी अनुसन्धान केन्द्रसंग मिलेर कानून निर्माण गर्नुपर्ने बताए ।
लुम्बिनी कानूनी अनुसन्धान केन्द्रका दोस्रो साधारण सभाका विशिष्ट अतिथि प्रा.डा.नारायण बेल्बासेले अनुसन्धान केन्द्रले कानूनको क्षेत्रमा निरन्तर अनुसन्धान अगाडि बढाउनु पर्ने बताए । कानून निर्माणकर्ता तथा विद्वानहरुले समेत कानूनको बारेमा गहिरो अनुसन्धान गर्नुपर्ने बेल्बासेले भने ।
साधारण सभाका विशिष्ट अतिथि तथा वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले कानूनको क्षेत्रमा यस्ता संस्था खोल्नु जरुरी रहेको भने । यस्ता विभिन्न कार्यक्रम अगाडी बढाएमा कानूनको अध्यायन तथा कानून निर्माणमा समेत टेवा पुग्ने बताए । कार्यक्रममा अधिवक्त हेमराज शर्मा, बिमल गिरी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाका सचिव अधिवक्ता अनुप पोख्रलले संचालन, संस्थाका उपाध्यक्ष अधिवक्ता दामोदर घिमिरेले स्वागत मन्तव्यबाट स्वागत गरेका थिए ।