logo
  • २६ कार्तिक २०८३ , बुधबार
    • ट्रेन्डिङ

    लुम्बिनीमा निःशुल्क भोजन ग्रहण कार्यक्रम


    ८ असोज २०८० , सोमबार

    लुम्बिनीमा निःशुल्क भोजन ग्रहण कार्यक्रम

    झब्बर यादव । अन्जना चौहान
    सिद्धार्थनगर, ८ असोज । महामानव गौतमबुद्वको जन्मस्थल लुम्बिनी विकास कोष भित्र रहेको राजकीय थाई विहार लुम्बिनीको प्राङ्गणमा निःशूल्क भोजन ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
    बुद्धको जन्मस्थलमा रहेको राजकीय थाई विहारले विगत ३ वर्षदेखि निरन्तर रुपमा निःशुल्क शाकाहारी भोजना दान कार्यक्रम गर्दै आएको छ । राजकीय थाई विहार लुम्बिनीमा आयोजित निःशूल्क भोजन ग्रहण कार्यक्रम सेप्टेम्बर २२ तारिख शुक्रवार देखि २४ तारिख आइतबार सम्म बिहान १० बजेदेखि ३ बजे सम्म संचालन गरिएको थियो ।

    निःशूल्क शाकाहारी भोजना दान कार्यक्रम विश्व प्रकाश प्रतिष्ठान र लुम्बिनी स्वर्णभुमि फाउन्डेसनको सहकार्यमा राजकीय थाई विहार लुम्बिनीमा आयोजना गरिएको थियो ।
    कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य तथा सामाजिक विकास मन्त्री माननीय चन्द्रकेश गुप्ताले पहिलो दिन कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सम्वोधन गर्दै विगतको ३ वर्षदेखि निःशूल्क भोजन दान कार्यक्रम गर्दै आएको राजकीय थाई विहार लुम्बिनीलाई धन्यावाद दिदैँ अगामि दिनमा पनि यस्तै किसिमले सामाजिक कार्य गरी लुम्बिनीवासीलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए । समाज रूपान्तरणका लागि आफू प्रदेश सरकारको तर्फबाट सहकार्य गर्ने बताएका थिए ।

    उक्त आयोजित कार्यक्रममा राजकीय थाई विहारका भिक्षु मैत्री महास्थवीरले महामानव गौतमबुद्धको पञ्चशील पाणातिपाता, अदिन्नादाना, कामेसुमिच्छाचारा, मुसावादा र सुरामेरमज्जपमादठ्टान सिद्धान्तलाई प्रशिक्षण गर्दै हत्या, हिंसा, चोरी, झुठ र नशा गर्न नहुने कुरा उल्लेख रहेको बताएका थिए । त्यसैले निःशुल्क भोजन दान कार्यक्रममा शाकाहारी भोजन वितरण गरेको बताएका थिए । कार्यक्रममा शाकाहारी भोजनाको महत्व उजागर गराउदै र शाकाहारी भोजनलाई प्रोत्साहन गर्ने उद्देश्यले यस किसिमको कार्यक्रम आयोजना गरिएको जानकारी गराएका थिए ।

    राजकीय थाई विहारका भिक्षु मैत्री महास्थवीरका अनुसार मांसाहारी भन्दा शाकाहारी भोजन गर्ने मानिसलाई कम रोग लाग्नुका साथै आयु लामो हुन्छ । शाकाहारी भोजन गर्ने मानिस सकारात्मक बाटो तिर जहिले पनि हुने गरेको बताएका थिए ।


    राजकीय थाई विहारका भिक्षु श्रीवजिर प्रेमले महामानव गौतमबुद्वको जन्म नगरी लुम्बिनीमा शाकाहारी भोजनलाई प्रोत्साहन गर्नुपर्ने महसुस गरेर विहारले बिगत तीन बर्षदेखि निःशुल्क शाकाहारी भोजन ग्रहण कार्यक्रम संचालन गर्दै आएको बताएका थिए ।

    विश्व प्रकाश प्रतिष्ठानका अध्यक्ष मनिराम भुसालका अनुसार लुम्बिनी शान्तिका अग्रदुत महामानव गौतम बुद्धको जन्मस्थल हो । उनको महत्वपूर्ण पञ्चशीललाई ध्यानमा राखि लुम्बिनीको कम्पाउण्ड भित्र शाकाहारी भोजन कायम राख्नु अति नै महत्वपूर्ण विषय हो ।

    शुक्रबारदेखि आईतवार सम्म संचालन भएको तीन दिवसीय शाकाहारी भोजन दान बुद्ध जन्मस्थलमा गर्दा अहिंसा मार्गलाई संसार भरमा पुर्याउनका लागि गरिएको हो ।

    लुम्बिनी क्षेत्रमा शाकाहारी भोजनलाई प्राथमिकतामा राख्न सके बुद्धको बाणी सार्थकता पाउने उद्देश्यले आयोजना गरिएको र भोजना दानमा प्रत्येक दिन ५ सय भन्दा बढी मानिसहरु सहभागि भई भोजन ग्रहण गरेको थिए । तिनदिवसीय भोजन कार्यक्रममा ५० भन्दा बढी थाई र नेपाली खानाका परिकारहरु समाबेश गरि ग्रहण गराइएको थियो ।


    राजकीय थाई विहार लुम्बिनीमा आयोजित कार्यक्रममा लुम्बिनीमा आउने पर्यटक, लुम्बिनी विकास कोषका कर्मचारी, विद्यार्थी, स्थानीयवासी तथा क्षेत्रवासीहरु सहभागी भई शाकाहारी भोजन ग्रहण कार्यक्रम सफल बनाएका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट

    Krisha Sanchar Griha P. LTD.
    SiddharthaNagar-12, Rupendehi
    E-mail: elumbinikhabar1@gmail.com
    Contact: 9851351793
    Department of Information and
    Broadcasting Regd. No:3214/78/79
    Press Council Registration No. 3262/2078/079

    हाम्रो टिम

    Executive Editor:
    Akash Chaudhary  (Kuldeep)
    News Coordinator :
    Bishan Gurung

    Copyright © All right reserved to elumbinikhabar.com Site By: SobizTrend.