अन्जना चौहान । लुम्बिनीखबर
लुम्बिनी, ८ असोज । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८ औँ वार्षिक साधारण सभा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर १० महिलवारको लुम्बिनी सेवा केन्द्र अगाडि सम्पन्न भएको छ । कार्यक्रममा लुम्बिनी सेवा केन्द्रका संयोजक सफिउर्हमान अन्सारीले स्वागत मन्तव्य राखि प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदन अनुसार लुम्बिनी सेवा केन्द्रको कुल सम्पत्ति पूँजी ३ करोड़ ५७ लाख रहेको छ । बचत संकलन ३ करोड़ १० लाख रहेको र २ करोड ९० लाख ऋण लगानी रहेको छ । शेयर पूजी ४७ लाख रहेको छ । शेयर सदस्य १ हजार ७२ जना रहेका छन । ऋणी सदस्य संख्या २ सय ७३ जना, मोबाइल बैंकिङ एप प्रयोग कर्ताको संख्या ४ सय १९ , विमा बचत कर्ताको संख्या १ सय ७५, कर्मचारीको संख्या ४ र उपसमितिमा १२ जनाको रहेको छ । यस लुम्बिनी सेवा केन्द्रमा महिला सदस्यको संख्या ३२ प्रतिशत रहेको विवरण प्रस्तुत गरेका थिए । उक्त अवसरमा भाग्यशाली कुपन दुई जना कुमारी चुदाली तथा दीपेन्द्र थारूले इलेक्ट्रॉनिक चुल्हो प्राप्त गरेका थिए ।
साधारण सभा कार्यक्रममा सहकारी संस्थाको सफलताको शुभकामना बुद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, मायादेवी प्रगतिशील आमा समुहका अध्यक्ष मन्जु पराजुली ढकाल समाज सेवी अब्दुल अजीज खां, मन्टेश्वरी किडसका प्रतिनिधि उपेन्द्र अधिकारी, शंकर प्रसाद मल्ल, पूर्व गाविस सचिव राम समुझ गुप्ता, पत्रकार बिरेन्द्र मिश्राले दिएका थिए ।
लुम्बिनी सेवा केन्द्र उपसमिति व्यवस्थापन समिति संयोजक सफिउर्हमान अन्सारीको अध्यक्षता, पतन्जली योग समिति लुम्बिनीका योग गुरु गोविंद सुवेदीको प्रमुख अतिथ्यतामा, परामर्श कार्यदल संयोजक शंकर गौतम, रुविना मुसलमान, लुम्बिनी होटल संघ अध्यक्ष गोविन्द प्रसाद ज्ञवाली, सेयर सदस्य नेपाल टेलिकम इन्चार्ज पंचम धोवी, आमा समूह अध्यक्ष मन्जु पराजुली, जन उत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सम्पूर्ण कर्मचारी शिक्षक तथा शेयर सदस्य लगायत स्थानीय समाजसेवीहरुको उपस्थित रहेको थियो । कार्यक्रम संचालन लुम्बिनी सेवा केन्द्र व्यवस्थापन उपसमिति टीका कुमारी कटेलले गरेकी थिइन् ।