असलम खान । लुम्बिनीखबर
मर्चवार, ८ असोज । रुपन्देहीको ईलाका प्रहरी कार्यालय मझगावाले भारतबाट अवैध रुपमा ल्याउदै गरेको १५ लाख बराबरको विभिन्न समान बरामद गरेको छ । भारतबाट भन्सार छली गरी अबैध रुपले कोटहीमाई गाउँपालिका वडा नम्बर ५ देवानबक्सापुरमा ठूलो मात्रामा अवैध सामग्री बरामद गरिएको ईलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक हिमनाथ घिमिरेले बताए ।
देवनबक्सापुर बिटमा खटिएका प्रहरी टोलीले जाँचबुझको क्रममा भारतबाट अबैध रुपमा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा लु ३ च ८४२ नम्वरको पिकप नियन्त्रणमा लिएको हो। सो गाडीमा मटर बिऊ १४ बोरा, पालक साग बिऊ ९ बोरा, धनिया बिऊ १२ बोरा, तोरी बिऊ ५ बोरा रहेको प्रहरी निरीक्षक घिमिरेले बताए ।

बरामद सबै समानको अन्दाजी मूल्य १५ लाख रुपैया रहेको उनले बताएका छन् । वरामद भएको गाडी, सामान र मानिस सहित आवश्यक कार्वाहीको भैरहवा भन्सार कार्यालयमा पठाईएको प्रहरी निरीक्षक घिमिरेले बताए ।